चन्द्रपुर,२४ असार / प्रदेश नं. २ का भुमी ब्यबस्था,कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादबले उत्कृष्ठ सहकारीलाइ सम्मान गर्ने बताएका छन । रौतहटको चन्द्रनिगाहपुरमा आयोजित कार्यक्रममा बोल्दै राज्य मन्त्री यादबले यस्तो बताएका हुन । भुमी ब्यबस्था,कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. २ ले आयोजना गरेको सहकारी संसथाहरु संग समन्वय बैठकमा बोल्दै राज्य मन्त्री यादबले प्रदेश नं. २ का करिब ८ सय १३ वटा सहकारीहरु मध्य समाजमा उत्कृष्ठ काम गर्ने सहकारीलाइ प्रदेश सरकारले पुरस्कृत गर्ने बताएका छन ।
राज्य मन्त्री यादबले आर्थिक बर्ष २०७६÷०७७ सहकारीहरुलाइ प्रर्बद्धन गर्ने उदेश्यले बिभिन्न किसिमका कार्यक्रमहरु राखेको बताएका छन । झोले सहकारीहरुलाइ बहिष्कृत गर्ने बताउदै राज्य मन्त्री यादबले भने काम गर्ने सहकारीलाइ उत्साहित गर्न प्रदेश सरकार जहिले पनि तत्पर रहेको छ । कार्यक्रममा बैठकको उदेश्य बारे भुमी ब्यबस्था,कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख रामपृत यादबले प्रकाश पारेका थिए । कार्यक्रममा गैर सरकारी संस्था रौतहट शाखाका अध्यक्ष रामपुकार यादब,नेपाल पत्रकार महासंघ रौतहट शाखाका कोषाध्यष रमेश तिमलसिनाले शुभकामना दिएका थिए । हरिमिलन सामुदायिक उद्यमी कृषि सहकारी संस्था समनपुरकी अध्यक्ष निर्मला कुमारी यादबको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बिभिन्न सहकारी संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।