मानिसले जीवनभरमा कति आंसु झार्छ होला ? अनुसन्धानकर्ताहरु भन्छन, एक व्यक्तिले आफ्नो जीवनकालमा १६.५ ग्यालोन आंसु झार्ने गर्छ । तर, कहिलेकांही मानिसहरु आफ्नो भावनालाई दबाउन खोज्छन, आफ्नो पीडाहरु बाँड्न पनि चाहदैनन् । कसैलाई सम्झेर रुनुले तपाईको अनावश्यक तौल घट्छ भन्दा पत्यार नलाग्न सक्छ ?
तर पछिल्लो अध्ययनको तथ्य यही हो । यदि त्यसो भए अब अहिलेसम्म दबिएको आसुको ग्यालेन भर्न तयार रहने कि ?
तपाइलाई कसैले नराम्ररी ह्दय दुखाएर गएको हुँदो हो । यो बारे हामी विगत सम्झेर आफूलाई कमजोर बनाउछौ । तर अब नसम्झनुस् बरु बेस्सरी रुनुस् । किनकी रुदा तौल घट्ने अध्ययनहरुले प्रमाणित गरेका छन् । हामी तनावमा हुँदा कार्टिसोल हर्मोनको उत्पादन हुन्छ जुन मोटोपनासँग सम्बन्धित हुन्छ ।
तनाव वा निरश अतीतमा रहेर हामी अक्सर मलिन मुहारमा बस्ने गर्छाै । न त शारीरिक अभ्यास नै गर्छाैँ वा अन्य कुनै सृजनशील काम नै ।
तसर्थ कार्टिसोलको मात्रामा वृद्धि हुन सक्छ । जसले माटोपनालाई बढाउन सहयोग गर्छ ।
वैज्ञानिकले भावुक भएपछि आउने आँसुमा कार्टिसोल बढाउने हार्मोन भएको पत्ता लगाएका छन् । यसलाई प्रोल्याक्टिन, लिउ–इन्केफालिन र एड्रेनोकोर्टिकोट्रोपिन (एसिटीएच) भनिन्छ । हामी अत्यधिक दबाबमा हुँदा यी हर्मोन निष्कासन हुन्छ ।
त्यसकारण जब हामीले आफ्ना भावनालाई नदबाइकनै, मन खोलेर रुन्छौं तब यी हर्मोन बाहिर निस्कन्छन् जसका कारण कार्टिसोलको स्तर घट्ने गर्छ । कार्टिसोल एक स्ट्रेस हार्माेन हो जसलाई कसरी कम गर्ने तरिका थाहा नहुँदा समस्या निम्तिने हो । त्यसकारण तनावमा भएका बेला हामीलाई अत्यधिक भोक लाग्छ जसका कारण तौल बढ्ने गर्छ । स्ट्रेस हर्मोन शरीर भित्र छ कि बाहिर, त्यो कुरा महत्वपूर्ण हुन्छ । वास्तविक भावनामा बगेर रुँदा मात्र आवश्यक हर्मोनको उत्पादन हुन्छ जसले तपाइको शरीरको बोसो कम गर्न मद्दत गर्छ । वैज्ञानिकका अनुसार भावनामा बगेर रुने सबैभन्दा राम्रो समय भनेको बेलुका सात देखि १० बजेसम्म हो । यतिबेला मानिसहरु आफूलाई मनपर्ने मानिसको साथमा हुन्छन् ।
त्यसकारण यदि तपाईंको सम्बन्ध टुटेको छ र जीवनको निकै कठिन अवस्थामा हुनुहुन्छ भने त्यसलाई बाहिर निस्कन दिनुहोस् । मन खोलेर रुनु दिमागलाई शान्त बनाउने एक माध्यम पनि हो । (एजेन्सी