आफूमाथि गरेको यौन उत्पीडनको मामिलामा अभिनेता नाना पाटेकरलाई प्रहरीले क्लिन चिट दिएपछि आक्रोशित बनेकी अभिनेत्री तनुश्री दत्ताले त्यसविरूद्ध अदालतमा याचिका दायर गर्ने भएकी छन् । प्रहरीले सो प्रकरणमा यथेस्ट प्रमाण नपुगेको भन्दै कुनै किसिमको मुद्धा बनाउन अस्वीकार गर्दै त्यसलाई बन्द गर्ने निर्णय गरेको थियो ।
यौन उत्पीडन मामिलामा नानालाई सफाइ तनुश्रीले मुम्बईको अंधेरीस्थित रेलवे मोबाइल कोर्टमा आफ्ना वकिल नितिन सतपुतेको माध्यमबाट याचिका दायर गर्न लागेकी हुन् । सतपुतले अदालतले आफूहरूलाई प्रहरीको मुद्दा बन्द गर्ने बिरुद्ध समरी रिपोर्टको विरूद्ध याचिका गर्ने समय उपलब्ध गराएको बताएका छन् । सो समयमा मुद्दा बन्द गर्ने सिफारिस गरेको ओशिवारा प्रहरी कार्यालयका एकजना पनि प्रतिनिधि उपस्थित थिएनन् । यस मामिलालाई उदालतले ७ सेपटेम्बरसम्मका लागि स्थगित गरेको छ । गत वर्ष सेप्टेम्बरमा तनुश्रीले नानामाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन । उनका अनुसार एक सिनेमाको सुटिङका दौरान नानाले उनीमाथि यौन हिंसा गरेको आरोप लगाएकी थिइन । आरोपको नानाले खण्डन गर्दै आएका छन् ।