गौर,२५ असार / रौतहटका किसानको हितलाई ध्यानमा राख्दै गरुडा नगरपालिकाको जयनगरमा २५ करोडको लागतमा अन्न राख्नको लागि शित भण्डारण भवन निर्माण हुने भएको छ ।
प्रदेश २ का भूमि तथा कृषि राज्यमन्त्री योगेन्द्र यादवले प्रदेश २ को ८ वटै जिल्लामा एक–एक वटा शित भण्डारण भवन निर्माण संगै जयनगरमा पनि सो भवन निर्माण हुन लागेको जानकारी दिएका छन ।
मन्त्री योगेन्द्र यादवले ५ हजार मेट्रिक टनको मल्टिडाइमेन्सनको क्षमता भएको शित भण्डारण भवनको लागि डिपीआर तयार भइसकेको र आउदो आर्थिक वर्षबाट निर्माण कार्य शुरु हुने बताए । उनले कृषकको मागलाई ध्यान दिदै प्रदेश सरकारले ८ वटै जिल्लामा शित भण्डारण भवन निर्माण गर्न थालेको बताए ।
राज्य मन्त्री यादवले रौतहटका किसानको हक र हितको लागि प्रत्यक्ष रुपमा लाभ हुने खालका योजनाहरू मध्ये शित भण्डारणलाई ड्रिम प्रोजेक्टका रुपमा ल्याएको जानकारी दिएका छन ।
जिल्लामा हुदै नभएका किसानको उब्जनीलाई भण्डारण गर्न गरुडाको जयनगरमा शित भण्डारण केन्दद्रको निर्माण कार्य सुरु हुने छ ।