अशोक पहाडी
रौतहट,३० असार ।
प्रदेश नं २ का भुमि व्यावस्था,सहकारी तथा कृषि राज्य मन्त्री योगेन्द्र यादव यतीबेलो राहत बांडमा व्यस्त रहेका छन् । मन्त्री यादवले आफ्नो तलव भक्ताबाट सोमबार मात्र रौतहटका बिभिन्न स्थानमा दुईलाख बराबरको खाद्यय सामाग्री वितरण गरेका छन् ।
बाढीमा परेर ज्यान गुमाएका रौतहटको दुर्गा भगवती गाउपालिका ७ का बिरेन्द्र झा को परिवारलाई राज्य मन्त्री यादवले ५ हजारको खाद्ययान्न र १२ हजार नगद सहयोग गरेका छन् । आफ्नै घर डुवानमा परेको भएपनि राज्य मन्त्री यादव यतीबेला आफ्नो क्षेत्रमा बाढीको पिडामा परेकाहरुलाइ राहत बांडने दौडमा रहेका छन् ।
जिल्लाको गढीमाइ नगरपालिकाको पथरा ,बखरी,धरमपुर र माधव नारायण नगरपालिको राजवडा ,गढौ ,खडगी र दुर्गा भगवती गाउपालिकाको १,२,३र ४ नम्बर वडामा आफुले तत्कालका लागि राहत बांडेको यादवले बताए ।