गौर,३० असार । बाढीमा परेर रौतहटमा पा“च जनाको ज्यान गएको छ,भने दुई जना बेपक्ता भएका छन् ।
मृत्यु हुनेहरुमा यमुनामाई गाउपालिकाकी गायत्री देवी, ईशनाथ नगरपालिकाका हरेन्द्र राय, दुर्गा भगवती गाउपालिकाका वीरेन्द्र झा, गौर नगरपालिकाका शिव मंगल् राउत, उमेश राउत रहेका छन् । बाढीका कारण गढिमाई नगरपालिकाका आनन्दी देवी र ईशनाथ नगरपालिकाका रामपुकार पटेल बेपत्ता छन् ।
जिल्लाको विभिन्न स्थानीय तहका ३० हजार घरमा बाढीले क्षति पु¥याएको तथ्यांक छ । ३० हजार विस्थापित भएको अनुमान गरिएको छ । बाढीले सदरमुकाम गौर डुवानमा पर्दा स्थानीय ब्यापारीको करोडौको धनमालमा नोक्सानी पुगेको छ ।
सदरमुकाम गौरमा रहेका पसलहरुमा पानी पस्दा करोडौंको क्षति भएको हो ।
खाद्यान्नका गोदामहरुमा राखिएको चामल, दाल, गहु तथा अन्य खाद्यय बस्तु बाढीले नष्ट बनाएको स्थानीय व्यापारीले बताएका छन् । हजारौ क्विन्टल चामल र गहु राखिएको गोदाममा पानी पस्यो । केही जोगाउन सकिएन खाद्यान्न व्यवसायी अरुण अग्रवालले भने, २० लाख भन्दा बढीको क्षति भएको छ । कसलाई भन्ने, के गर्ने उनले गुनासो गरे ।
क्षतिको यकिन तथ्याङ्क नभए पनि करोडौंको क्षति भएको हुनसक्ने उद्योग वाणिज्य संघका अध्यक्ष पण्डित जयसवालले जानकारी दिएका छन ।
उनका अनुसार बाढीका कारण खाद्यान्न, कपडा र किराना पसला अधिकांश सामान नष्ट भएको छ भने पोल्ट्री फर्म, माछापालक किसानसमेत प्रभावित भएका छन् ।
अविरल वर्षासंगै लालबकैया र बाग्मती नदीमा आएको बाढीका कारण डुवानमा परेको रौतहटमा आइतबार विहानदेखि भने पानी पर्न रोकिएको छ । डुवानका कारण गौरमा मात्र पाच सय बढी घरमा क्षति पुगेको छ भने करौडौंको बालीनाली नोक्सान भएको छ । डुवान प्रभावितहरु सडक र विद्यालय भवनमा बसेका छन् । खानेपानी र बासस्थानको अभावमा दैनिकी कष्टपूर्ण बनेको छ ।
बाढीले घर भत्काएपछि गौर–चन्द्रनिगाहपुर सडकखण्डको विभिन्न स्थानमा प्लास्टिकको छाप्रो हालेर बसेका छन् । उनीहरुले विहान बेलुका खान र लत्ता कपडाको समस्या भएको गुनासो गरेका छन् ।
दुई दिनदेखि सडकमा प्लास्टिक ओछ्याएर बसेका र्छौं । खानबस्न समस्या भइसक्यो, सबगढहाका रामबाबु साहले भने । अन्नपात, लत्ताकपडा सबै घरभित्रै पुरिएको छ ।
अचानक आएको बाढीका कारण घरबाट केही निकाल्न नपाएको उनीहरु बताउछन् । पानीको कलबाट लेदो मिसिएको पानी आउदा शुद्ध खानेपानीको अभाव भएको छ । डुवान प्रभावितहरुले त्यही पानी प्रयोग गर्नुपर्ने बाध्यताले महामारीको खतरा समेत बढेको छ ।