गौर,१ साउन ।
बाढी पिडितको राहतका लागि रौतहटका संघिय सांसद तथा प्रदेश सांसद सत्रिय भएर लागेका छन् । आफ्ना मतदाताको पिडामा मल्हम लागउन उनीहरु सक्रिय भएर लागेका छन् ।
रौतहट क्षेत्र नं १ का संसाद अनिलकुमार झा, क्षेत्र नं. ३ का संसाद प्रभु साह तथा क्षेत्र नं. ४ का संसाद देव प्रसाद तिमल्सिनाले बाढी प्रभावित स्थानको अवलोकन गर्दै बाढी पीडितको अवस्था, उद्धार तथा राहत लगायतका बिषयमा चासो दिएका छन् ।
रौतहट क्षेत्र नं. ३ का संसाद प्रभु साहले बाढी पीडितको अवस्था बुझ्दै प्रभावित स्थानमा राहत वितरण कार्यमा आफै सक्रिय भएका छन् । त्यस्तै रौतहट क्षेत्र नम्बर ४ का सांसद देवप्रसाद तिमल्सिनाले बाढीप्रभावित स्थानको स्थलगत अनुगमन गरी पीडितलाई राहत उपलब्ध गराउन पहल गरिरहेको बताए । रौतहट क्षेत्र नम्बर १ का सासद अनिलकुमार झाले स्थानीय तह र प्रदेश सरकार बाढीपीडितको सहयोगमा लाग्नुपर्नेमा जोड दिएका छन् ।
प्रदेशनं २ का कृषि राज्य मन्त्री योगेन्द्र यादवले भने सबै भन्दा पहिला आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो तलव भत्ताबाट राहत बितरण गरेका थिय । उनी अहिले पनि सक्रिय रुपमा बाडी पिडतको अवस्था बुझदै राहत बांडन सक्रिय रहेका छन् ।
बाढी पीडितलाई चामल, त्रिपाल, कपडा, खाना पकाउने ग्यास सिलिन्डरसमेत वितरण गरी तीन दिनदेखि संघीय संसाद प्रभावित स्थानमा पुगेका छन् ।
यस्तै प्रदेश सभाका संसादहरुले समेत प्रभावित स्थानमा पुगेका छन, भने केहीले राहत वितरण कार्यमा नै जोड दिएका छन् । यता स्थानीय तह जनप्रतिनिधिले समेत बाढी प्रभावित भएकाहरुलाई सामूहिक भोजनको व्यवस्था गरेका छन् ।
बाढीका कारण प्रभावित भएका करिब ७ं० हजार घरपरिवारलाई स्थानीय जनप्रतिनिधिले वडा अध्यक्षमार्फत सामूहिक रुपमा खाने खाने व्यवस्था गरेका छन् । सामुदायिक विद्यालय, सामुदायिक भवन र छिमेकीको घरमा आश्रय लिएका बाढी प्रभावित भएका बासिन्दालाई सामूहिक खानाको व्यवस्था मिलाइएको इशनाथ नगरपालिकाले जनाएको छ ।
इशनाथ नगरपालिका–१ का २५ सय घरपरिवार विगत चार दिनदेखि सरकारी राहतको नपाएको गुनासो गरेका छन् । अन्य वडामा पुगेर राहत वितरण गरिरहेको ईशनाथ नगपालिका नगर प्रमुख सन्तोष मेहताले बताउनुभयो । तर, वडा नं. १ बन्जरहाका बासिन्दाले भने चौथो दिन पनि राहत नपाएको स्थानीय महेश साहले बताए ।
यता रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले इशनाथ नगरपालिका १ बन्जरहामा ढुंगामा राहत सामग्री लिएर प्रभावित बस्तीमा वितरण गरेका छन् । ४ सय घर परिवारको लागि राहत सामग्री ढुगामै राखेर लालबकैया खोला हुदै बन्जरहा पुगेर बितरण गरिएको छ । भारत सरकारले दशगजामै तटबन्ध निर्माण गरेपछि बन्जरा गाउमा वर्षा र लाल बकैयाको पानी थुनिएर करिब ६ सय घरको २५ सय भन्दा बढी परिवार प्रभावित भएका छन् ।
रौतहटमा ७० हजार घर बाढीबाट प्रभावित भएको छ भने ९ जनाको ज्यान गएको छ । त्यस्तै दुई जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्लाका अधिकांस स्थानका बाडी पिडितले राहत नपाएको गुनासो गरेका छन् ।
केन्द्र सरकार तथा प्रदेश सरकारले दिने भनेको राहत समेत यतीबेला सम्म जिल्लामा आउन नसकेको स्थानीयको भनाइ रहेको छ ।
स्थानीय सरकारले समेत आफ्नो गाउ तथा नगरमा रहेका पिडितलाई राहत पु¥याउन नसकेको गुनासो बढदै जान थालेको छ ।
केही स्थानीय तहले राहतको माग गर्न थालेका छन् ।