सर्लाही ५ साउन / सर्लाहीको बेग्ला बेग्लै स्थानमा ट्रयाक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्लाको कौडेना गाउँपालिका–२, इनर्वा टोलमा शनिबार राति स्थानीय विजय रायको लु १ त ८३७० नम्बरको ट्रयाक्टरले किच्दा रायकै छोरा १३ वर्षीय नितेशको घटनास्थलमै मृत्यु भएको हो। घरमै पार्किङ गरेर राखिएको ट्रयाक्टर आफैंले चलाएर खेतमा लाने क्रममा ट्रयाक्टर पल्टिएर किचेको प्रहरीले बताएको छ। यस्तै, सदरमुकाम मलङ्गवामा ट्रयाक्टरबाट खसेर शनिबार साँझ मलङ्गवा नगरपालिका–३ का सिकिन्द्र रायका छोरा आठ वर्षीय मनिषकुमारको मृत्यु भएको प्रहरीले जनाएको छ। वडा नम्बर ४, गणेसशिया नहरको पुलमा ज २ त ८५२ नम्बरको ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।