कटहरिया,५ साउन ।
रौतहटको कटहरियामा मेयर शियाराम कुश्वाहले महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर ग्यास सिलिण्डर बितरण गर्न थालेका छन् । धुवँमुक्त नगर बनाउने उदेश्यले कटहरिया नगरपालिकाले ग्यास सिलिण्डर तथा चुल्हो बितरण थालेको छ । कटहरियामा एक कार्यक्रममा बिच नगरपालिले नगर भित्र रहेका बिपन्न सामुदायका परिवारलाई ग्यास सिलिण्डर तथा चुल्हो बितरण गरेको हो ।
धुवाबाट स्वास्थ्यमा विभिन्न समस्या देखा पर्ने तथा दाउराको समेत अभाव रहेको समयमा वन तथा बातावरणलाई समेत असर नपर्ने गरी ग्यास सिलिण्डर तथा चुल्हो बितरण गरिएको कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुश्वाहाले बताए । जेठ ७ गतेबाट नै बितरण अभियान शुरु गरेको बताउदै वडा नं. १ र २ मा बितरण गरिसकेको जानकारी दिए । वडा नं. ४ र ५ का बासीका लागी शुक्रबार विहान देखि नै ग्यास सिलिण्डर तथा चुल्हो बितरण गरीएको उनको भनाई छ । प्रत्येक वडामा करिव ७ सयका दरले हालसम्म वडा नं. १, २ र ४, ५ मा गरी २ हजार ८ सय ग्यास सिलिण्डर तथा चुल्हो बितरण गरीएको उनले जानकारी दिए ।
ग्यास सिलिण्डर तथा चुल्हो बितरणका लागी नगरपालिकाले करिव एक करोड ५० लाख रकम विनियोजन गरेको नगर प्रमुख कुश्वाहाले बताए । उतm बितरण कार्यक्रममा प्रदेश सभा सदस्य कुन्दन कुश्वाहाले बातावरणलाई समेत असर नपर्ने भएकाले ग्यास सिलिण्डर तथा चुल्हो बितरण गर्ने कार्य प्रशंसनिय भएको बताए ।
धुवाँका कारण गृहणीहरुमा श्वासप्रश्वास तथा अन्य स्वास्थ्य समस्या देखिने गरेको बताउदै स्वस्थ रहनका लागी पनि ग्यास सिलिण्डर तथा चुल्हो प्रयोग गर्ने सुझाव दिए ।
ग्रमणि भेगमा दाउरा तथा गोवरबाट बनाईएको गुईठाबाट खाना पकाउदा धुवँ धेरै निस्कने र यसले स्वास्थ्यमा प्रतिकुल असर पार्ने उनको भनाई छ । वितरण कार्यक्रममा नगरका प्रवक्ता चन्दन कुस्वाहाको समेत उपस्थिती थियो ।