गुजराु,७ साउन / रौतहटको गुजरा नगरपालिकाका केही वडामा कामै नगरी झुक्याएर बजेट खाने नया“ जुक्ति रचिएको पाइएको छ । २०७५ कात्तिक ७ गते जिल्ला समन्वय समिति प्रमुख राम एकवाल राय यादवको उपस्थितिमा रौतहटको गुजरा नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको थियो । वडा कार्यालयले नगरपालिकामा बुझाएको कागजात र वडाले निकासा गरेको रकम प्रकृति हेर्दा वडा९७ का सबै घरमा शौचालय बनिसकेको तर यथार्थमा २०७६ को वैशाख अन्तिमसम्म दलित बस्तीमा शौचालय नबनेको पाइएको छ । नगरपालिकाले एक वर्षअघि बा“डेका शौचालयका रिङ दलित बस्तीमा अलपत्र अबस्थामा रहेको छ । नगरपालिकाले वडालाई गरेको रकम निकासाबारेको विवरण स्थानीय प्रमोद कुमार चौधरीका अनुसार, स्थानीय बासिन्दाले आफैं बनाएका शौचालयको फोटो खिचेर नगरपालिकामा बुझाएर बजेट निकासा गरिएको जनाइएको छ । चौधरीले भने शौचालय बनाएको रकम दिने भनेर हाम्रो शौचालयको पनि फोटो खिचेर लगियो, तर अहिलेसम्म नया“ शौचालय पनि बनेन, हामीलाई पनि पैसा दिइएन । नगरपालिकाले वडालाई गरेको रकम निकासाबारेको विवरण वडा ७ वासीले वडा कार्यालयको यही मनोमानीका विषयमा महोत्तरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २० साउन २०७५ मा उजुरी दिए । तर अख्तियारले उजुरीको सुनुवाइ नगरेको स्थानीय बासिन्दाको गुनासो छ । नगरपालिकाले वडालाई गरेको रकम निकासा बारेको विवरण हुन पनि वडाध्यक्ष मोफिल चौधरीले शौचालय बनाएको नक्कली कागजपत्र बनाउन निकै मिहिनेत गरेका पाइएको छ । किनभने महालेखाको परीक्षणमा समेत शौचालय निर्माणप्रति शंका गरिएको छैन । कागजी शौचालयका आधारमा गुजरा नगरपालिकाले अहिले पनि आफूलाई खुला दिसामुक्त नगरका रूपमा परिचित गराउदै आएको छ । नगरपालिकाले वडालाई गरेको रकम निकासाबारेको विवरण वडाध्यक्ष चौधरी वडामा शौचालय बनिसकेको जिकिर गर्ने गरेको छ । चौधरीले भने शौचालय बनाउने जग्गा नभएका एक दुई वटा घरमा बाहेक सबै घरमा शौचालय बनिसकेका बताए । उनका भनाइमा वडा९७ का करिब हजार घरपरिवारमध्ये ५०० को हाराहारीमा विपन्न दलित समुदायको घर रहेको छ ।