काठमाडौं । सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्द विप्लव समूहसंग औपचारिक वार्ता गर्ने संकेत गरेका छन् ।
बुधबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै बास्कोटाले प्रतिबन्धित विप्लव समूहसंग वार्ता गर्ने संकेत गरेका हुन् ।२०७५ भदौ ८ गते सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता टोलीले विप्लवसंग वार्ता गर्ने प्रतिवेदन बुझाएको थियो, मन्त्री बास्कोटाले भने अहिले उक्त प्रतिवेदन गृह मन्त्रालयमा पठाइएको छ । सोहि प्रतिवेदनमा स्वतन्त्र मदेशको माग गर्ने सिके राउतसंग भने वार्ता गर्न नपर्ने उल्लेख थियो । राउत केहि समय अघिदेखि मुलधारको राजनीतिमा आएका थिए ।
विप्लव समूहसंग अहिलेसम्म सरकारले औपचारिक वार्ता नगरे पनि विभिन्न चरणमा अनौपचारिक वार्ता भएको बताइएको छ ।