अशोक पहाडी
रौतहट,१० साउन । बाढीबाट अतिनै प्रभावित रहेको जिल्लाको माधव नारायण नगरपालिकामा एक संस्थाले शुक्रबार राहत वितरण गरेको छ ।
क्लव फिप्टी नेपालले माधव नारायण नगरपालिकाको बिभिन्न वडाका बाढीबाट प्रभावितहरुलाई राहत वितरण गरेको हो । चमल ,दाल ,चाउचाउ,विस्कुट ,चिउरा ,मसला र नुन तेल बितरण गरेको हो ।
सो नगरपालिकाका बाढीबाट प्रभावित भएका ३ सय ५० जनालाई राहत वितरण गरेको क्लवका अध्यक्ष दमन बस्नेतले जानकारी दिएका छन् ।
एकजना बराबर १६ सयको समान वितरण गरिएको बस्नेतले जानकारी दिए । उक्त नगरपालिकामा ७ सय घर पुर्णरुपमा क्षती भएको नगरपालिकाका प्रमुख विरेन्द्र प्रसाद यादवले जानकारी दिएका छन् ।
बढीबाट पीडित रहेका नगरबासीलाई युनिसेफ र क्लव फिप्टी नेपालले मात्र राहत बितरण गरेको नगर प्रमुख यादवले जानकारी दिएका छन् ।
नगरपालिका र प्रदेश सरकारले राहत बाडेको भएपनि केन्द्र सरकारबाट पिडितका लागि राहत नआएको यादवको भनाइ रहेको छ ।