सर्लाही,१२ साउन ।
सर्लाहीमा एक वर्षमा भएको सवारी दुर्घटनामा परी ७४ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७५र०७६ मा पूर्व(पश्चिम राजमार्गसहित जिल्लाको भित्री सडकमा भएका सवारी दुर्घटनामा ७४ जनाको मृत्यु भएको हो । सो अवधिमा सवारी दुर्घटनामा परी ८८ जना गम्भीर र ८६ जना सामान्य घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०७४र०७५ मा सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा सवारी साधन दुर्घटनामा परी मृत्यु हुनेको संख्यामा दोब्बरले वृद्धि भएको छ। यस आर्थिक बर्षमा जिल्लाको भित्री कच्ची सडकमा बढी दुर्घटना भएका छन् । जीर्ण सडकमा तीव्र गतिमा गुडाइएका र क्षमता भन्दा बढी भार बोकेका सवारी साधन बढी दुर्घटनामा परेका जील्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजकुमार शाहीले जानकारी दिए ।
अहिले पनि ट्राफिक नियम पालना गराउन नियमित चेकजाँच भैरहेको ट्राफिक प्रहरी निरीक्षक शाहीले बताए । उनका अनुसार आर्थिक वर्ष २०७५र०७६ मा ट्राफिक नियम विपरीत चलाइएका २८ हजार ७४३ सवारी साधनलाई कारवाही गरी एक करोड ९२ लाख ६४ हजार रुपैया राजस्व संकलन भएको छ ।