चन्द्रपुर,१४ साउन ।
युनेस्को नेपालद्धारा रौतहटको चन्द्रनिगाहपुरमा बृहद यौनिकता शिक्षामा पत्रकारको क्षमता अभिबृद्धि विषयक तीन दिने सचेतना तालिम सोमबारदेखि सन्चालन गरिएको छ ।
संचारमाध्यममा काम गर्ने संचारकर्मीलाई यौनिकता शिक्षाका विषयमा ज्ञान दिने उद्देश्यले आयोजित कार्यक्रममा बोल्दै प्रदेश नम्वर दुईका भुमि ब्यवस्था,कृषि तथा सहकारी राज्यमन्त्रि योगेन्द्र राय यादवले आम सन्चारमाध्यमका कारण यौन सम्वन्धी शिक्षा र चेतना बृद्धि हुँदै गरेकाले पहिलेका विगतका केही वर्षयता मुलुकमा बलात्कारका घटना कमि आएको बताउनुभयो ।
पहिले गाउँघरमा महिला हिंसा र बलात्कार जस्ता घटना ढाकछोप गरिन्थ्यो,उहाले भन्नुभयो, भन्दै मन्त्रि यादवले तर “अहिले सन्चार क्षेत्रको कारण यौन तथा महिला हिंसामा कमि आएको छ” । मन्त्रि यादवले यदि यौनजन्य हिंसा भएपजि पीडक सार्वजनिक हुने गरेको र कारवाहीको दायरामा पुग्ने गरेका छन्,भन्नुभयो ।
कार्यक्रममा रौतहट र सर्लाही जिल्लाका छापा र विद्युतीय विभिन्न संचारमाध्यममा कृयाशिल ४० जना संचारकर्मीको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।