समनपुर,१४ साउन । रौतहटको एक नगरपालिकामा मलद्धवार नभएको एक बालकको जन्म भएको छ । जिल्लाको गढीमाई नगरपालिका वडानं २ समनपुरका राजदेव पासवानकी श्रीमतीले आईतबार राती जन्म दिएकी छोराको मलद्धवार नभएको स्थानीयले बताएका छन् ।
राती सांडे ११ बजेको समयमा राजदेवकी श्रीमती सुनिता पासविानले जन्माएकी बालकको मलद्धवार नभएको हो । आर्थिक अवस्था नाजुक रहेका पासवानले छोराको मलद्धवार खुलाउन अस्पताल लाने पैसा समेत नभएको स्थानीय बासिन्दा दिपेन श्रेष्ठले तराई एक्सप्रेसलाई जानकारी दिए ।
चन्द्रपुर अस्पताल प्रालिका डाक्टर सुवास चौधरीको मलद्धवार खुलाउनका लागि काठमाण्डौ स्थित कान्ति बाल अस्पताल लानु पर्ने सुझाव दिएको भएपनि आर्थिक अभावका कारण उपचारमा लान नसकेको बालकका बाबु पासवानले बताएका छन् ।