कटहरिया,१६ साउन / रौतहटमा पहिलो पटक प्रहरीका हकिम आंउना साथ घरेलु मदिर नियन्त्रण गर्ने कुरा गर्न बिर्सर्दैनन्,तर आएको केही समयमै उनीहरुले सो कुरा बिर्षने गरेका छन् ।
पछिल्लो समय जिल्लाका बिभिन्न स्थानमा संचालन हुने घरेलु मदिरा उत्पादक संग प्रहरीकै मिलेमतो हुने गरेको पांईन्छ । अत्यिधक मदिरा सेवनबाट रौतहटमा एक युवकको मृत्यू भएको छ । कटहरिया ५ का बनारसी महरा चमारका छोरा २५ वर्षीष जयप्रकाश महरा चमारको अत्यधिक मदिरा सेवनका कारण मृत्युु भएको हो ।मदिरा सेवन गरेका महराको अवस्था गम्भीर भएपछि केहीदिन अघि उपचारको लागि नारायणी अस्पताल वीरगन्जमा भर्ना गरिएको थियो । खाली पेटमा समेत अत्यधिक मदिरा सेवन गर्ने गरेका महराको लिभर र किडनी बिग्रेर उपचार हुन नसकी दुुइदिन अघि मृत्युु भएको नारायणी अस्पतालका डाक्टर जेपी जयसवालले बताए ।
कटहरिया बजार लगायत नगरक्षेत्रका दर्जनौ स्थानमा अवैैध मदिरा पसल खोलिएका छन् भने त्यहा मदिरा पिउने युुवाहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । स्थानीय स्तरमा उत्पादन भएको गुणस्तरहिन मदिराले सर्बसाधारणको स्वास्थ्यमा धेरै असर गर्ने गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका प्रमुख डाक्टर अर्पणलाल कर्णले अवैध मदिराले लिवर र किडनी खराब भएर कम उमेरमै मृत्युु हुने गरेको तराई एक्सप्रेसलाई बताए । प्रहरीका घुमुवासमेतको मिलोमतोमा कटहरिया बजार क्षेत्रमा एक दर्जन अवैध मदिरा बेच्ने पसल सञ्चालनमा रहेको स्थानय समाजशसेवी मुकेश कुमार साहले बताए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खड्काले प्रहरीको मिलोमतो बारे अनुन्धान गरिरहेको र त्यस्ता अवैध मदिरा पसल बन्द गराइने बताए ।कटहरिया लगाएतका स्थानमा मदिरा पसल मात्र नभएर मदिरा उत्पादन गर्ने भट्टीनै संचालनमा रहेको र ती भट्टीबाट प्रहरीका घुमुवाले मासिक रुपमा पैसा लिने गरेको आरोप लाग्दै आएको छ ।