गौर २३ साउन / प्रदेश नं. २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री एवं रौतहट क्षेत्र नं १ ख का प्रदेश सांसद योगेन्द्र यादवले बुधबार बाढीबाट प्रभावितहरुलाई राहत वितरण गरेका छन । कृषि राज्य मन्त्री यादवले रौतहटका सयौ बाढी पिडित महिलालाई राहत बाडेका हुन । जिल्लाको सुकदेव चौकमा बुधवार आयोजित राहत वितरण कार्यक्रममा प्रदेश सांसद एवं मन्त्री योगेन्द्र यादवले एक सय बाढी पिडित महिलाहरुलाई विभिन्न खाद्यान सामग्रि वितरण गरेका छन । नेशनल माईक्रो फाइनान्स वितीय संस्थाको आर्थिक सहयोगमा उक्त राहत वितरण कार्यक्रमको आयोजना गरिएको मन्त्री यादवले बताउनुभयो । अविरल वर्षासँगै गएको असार २७ र २८ गते आएको बाढीले पिडित भएकाहरु खाद्यानको अभावमा बिच्चलीमा परेको खबर पाएपछि मन्त्री यादवले आज उनिहरुलाई राहत उपलब्ध गराएका हुन । यस अघि पनि कृषि राज्य मन्त्री यादवले पटक पटक पिडितहरुलाई विभिन्न किसिमका राहतका सामग्रि वितरण गरेका थिए । केहि दिन अघि मात्रै प्रदेश सांसद एवं कृषि राज्य मन्त्री यादवको विशेष पहलमा मुख्यमन्त्री लाल बाबु राउतले स्वंयम रौतहट आएर बाढीबाट प्रभावित हजारौ परिवारलाई चामल,दाल,नुन,त्रिपाल लगाएका सामग्रि वितरण गर्नुभएको थियो । बाढी, डुवान, आगलगी होस वा कुनै पनि विपतबाट पिडित हुने परिवारलाई सहग गर्नबाट आफु कुनै पनि हालतमा पछि नपर्ने मन्त्री यादवले बताएका छन । मन्त्री यादवले बाढी आएदेखी अहिलेसम्म हजारौ पिडितहरुलाई सहयोग गरिसक्नुभएको छ । मन्त्री यादव अहिले राहत वितरण कार्यलाई तिव्रता दिएका हुन । जनता दुखमा परेको बेला अरु नेता जस्तो आफु भागने र लुक्ने नेता नभएको भन्दै दुख र आफत विपतमा परेको जनतालाई सहयोग गर्नको लागि आफु कुनै कसर बाकी नराख्ने कृषि राज्य मन्त्री योगेन्द्र यादवले बताउनुभयो ।