रुपेन्द्र पटेल
गौर,२७ साउन / अविरल वर्षास“गै गएको २७ र २८ गते आएको बाढीले रौतहट सहितको जिल्लाको जनजिवन पूर्णरुपमा प्रभावित बनेको थियो । प्रभावित जनजिवन सामान्य बने पनि अझै कयौ बाढी पिडितहरु राहत नपाएर निकै समस्यामा परेका छन । रौतहटको सबै क्षेत्रमा अझै राहत पुग्न नसकेकाले पिडितहरु विजोगमा परेका छन । रौतहटका कुनैपनि गाउँ बाढी र डुनावको समस्या बाट बचेनन् । रौतहटको बाग्मति, लालबकैया, लमहा लगाएतका खोलाहरुमा आएको बाढीले जिल्लाको ८५ प्रतिशत भन्दा बढी भू भाग डुवानमा प¥यो । बाढीमा परेर रौतहटमा यस वर्ष १७ जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएको पुष्टि भएको छ । २ जना अझै हराईरहेका छन । वर्षा र बाढीले जिल्लाको पूर्ण र आशिंक रुपमा गरी ७ हजार भन्दा बढी घरमा क्षति पुगेको छ । हजारौ परिवार विस्थापित भएका छन । बाढीले जिल्लाको अधिकांश सडकखण्ड कटान गरेकोले थियो ।
कटान गरेको सडकलाई अहिले मर्मत संभार गर्ने कार्य भईरहेको छ । बाढीले घरवार विहिन भएका र पिडित भएकाहरुलाई स्थानीय निकाय, व्यक्ति र विभिन्न संघ संस्थाहरुले अहिले धमाधम राहत वितरण गरिरहेका छन ।
मौसममा सुधार आएसँगै राहत वितरणमा तिव्रता दिएको सरकारले सबै ठाउमा राहत वितरण गर्न नसकेको गुनासो आएको छ । प्रदेश र केन्द्रिय सरकारले पनि राहत वितरण गरेको छ । बाढीको त्रास घटेर जनजीवन सामान्य भए पनि त्यसपछिको असर कायमै छ । रौतहटका कतिपय पिडितहरु अझै भोकै छन । बाढीले घरवार विहिन भएर राहत नपाई भोकै बस्न बाध्य छन । बाढीले चुल्हो र अनपात सबै बगाएर धेरैलाई विजोग भएको छ । राहतको पखाईमा रहेका बडहर्वाकी सुमिन्त्रा देवी आफनो पिडा यसरी सुनाएकी छिन । बाढीले गाँस, बास खोसेकाहरुका लागि तत्काल अन्न र बासको ब्यबस्था हुनु अति आवश्यक छ । बाढीले रोगको महामारी समेत फैलने सक्ने भएकाले सवैपक्ष चनाखो भएर पूर्वतयारी पनि अपनाउनु पर्दछ ।