चन्द्रपुर,२७ साउन / रौतहटको वननमा काठ चोरी तस्करी रोकिन सकेको छैन् । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीकै मिलेमतोमा रातीको समयमा वनबाट काठ चोरी बढेको हो ।
जिल्लाको चेतनगर ईलाका वन कार्यालयको मातहतको वनबाट रातीको समयमा साईकल र मोटर साईकलमा काठको चोरी तस्करी हुने गरेको स्थानीलयले बताएका छन् ।
चादी खोला पारीबाट रातीको समयमा मरधर ,सिन्धुरेघारी हुदै साईकल तथा मोटर साईकलमा काठका गोलिया जाने गरेको एक स्थानीय बासिन्दाले जानकारी दिएका छन् । प्रहरी र वन कर्मचारीकै मिलेमतोमा सो बाटो भएर बिगत केही दिन देखी नियमित रुपमा काठ जाने गरेको स्थानीयले दावी गरेका छन् ।
आधा घण्टा पहिला प्रहरीको गस्ति मोटर साईकलमा सोही बाटो हिड्ने र आधा घण्टा पछि चोरले सोहीबाटो मोटर साईकल र साईकलमा काचा सालका गोलिया लिएर जाने गरेपछि स्थानीयले प्रहरी र वन कर्मचारीको मिलेमतोमा काठ चोरी तस्करी मौलाएको आशंका गरेका हुन ।
वन कर्मचारी आफ्नो कार्यक्षेत्रमा भन्दा डिभिजन वन कार्यालयमा हाकिम रिजाउन सक्रिय हुने गरेका कारण जिल्लाको वनमा हानी नोक्सानी बढेको स्थानीयको भनाइ रहेको छ ।