अमृत सापकोटा,चन्द्रपुर,३० साउन / रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ श्री कृष्ण प्रणामी मन्दिर सन्तपुरमा मन्दिर शिलान्यास भई मासिक वितक कथा चलिरहेको छ ।
अहिले सम्म एक करोड माथि रकम सहयोग संकलन गरिसकेको छ । ५ करोड रकमको लागतमा ३ बर्ष भित्र निमार्ण सम्पन्न गर्ने उदेश्य रहेको सो मन्दिरमा संचालक समितिका अनुसार एक पर्यटकिय मन्दिर र एक योग साधना केन्द्रको स्थापना गर्ने उदेश्य रहेको छ ।
सिक्किमबाट आउनु भएका श्री रोहितराज महाराजको मुखारिवन्दबाट चार्चनी भइरहेको वितक कथामा आज नेकपाका प्रदेश न. २ अध्यक्ष पूर्व शहरी विकास मन्त्री सांसद प्रभु साह प्रमुख आतिथ्यता रहेको थियो । यस्तै रौतहट क्षेत्र नं २ ख का प्रदेश सांसद कुन्दन कुशहवा, समिना खातुन, नन्दलाल साह , नेकपा प्रदेश कमिटि उद्दव रेग्मी लगाएको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद प्रभु साहले प्रणामी समुदाय रौतहटमा गौरवको रुपमा रहेको बताए ।
सादाचारि जिवनको अभियान चलाउन राम्रो पक्ष रहेको बताए । साहले भने “भक्तजनहरुले एक करोड भन्दा माथि रकम उठाउनु मेरो लागि दबाव हो, ठुक्क हुनुस यो मन्दिर बनाउन सरकारि रकम ल्याउन म लाग्नेछु पैसा नउठाउनुस“ । यस मासिक वितक चर्चा कार्यक्रम भदौ ६ गतेसम्म चल्ने छ ।
कार्यक्रममा आर्थिक सहयोगहरु समतिले सोचेको भन्दा राम्रो भएको र भक्तजन एवम् नेतागणाहरुको यस्तै सहयोगले कार्यक्रमको अन्त्य सम्ममा उदेश्यमा पुग्ने पूरा विश्वास रहेको अयोजक कमिटीका संयोजक हरि पौडेलले बताए ।