चन्द्रपुर,३० साउन /
शिक्षक किताव खानामा २०७४÷०७५ को सम्पती विवरण बुझाएपनि आफूलाई जरिवाना गरिदा अन्यायमा परेको शिक्षक कमलेशकुमार लाल कर्णले गुनासो गरेको छ ।
शिक्षक पेशामा आबद्ध रहेका शिक्षकहरुले शिक्षक किताव खानामा सम्पत्ती विवरण वुझाउनुपर्ने प्रावधान रहेको छ । सोही अनुसार रौतहटको वृन्दावन नगरपालिका ३ मा रहेको तत्कालिन आधारभुत विद्यालय विश्राम्पुर हाल मावि विश्रामपुरमा प्रावि द्धितिय श्रेणीमा कार्यरत शिक्षक कर्णले आर्थिक बर्ष २०७४÷०७५ को सम्पत्ती विवरण भरेर अतिरिक्त हुलाक कार्यालय विश्रामपुरको रसिद नम्बर ०६४२५१ मिति २०७५ भदौं ७ गते शिक्षक किताव खाना म्युजियम मार्ग छाउनी काठमाण्डौमा पठाएका थिए । शिक्षक किताव खानामा सम्पत्ती विवरण पठाएपनि आफूलाई विवरण नपठाएको भन्दै ५ हजार जरिवाना गर्दा साह्रै अन्यायमा परेको उनले गुनासो गरे । शिक्षक कर्ण २०४२ साल वैशाख १६ गते देखि स्थायी शिक्षकको रुपमा कार्यरत रही नेपाल सरकारबाट प्रत्येक बर्ष कर्मचारीहरु सम्पत्ती विवरण बुझाउन निर्देशन जारी गर्दा प्रति बर्ष बुझाउदै आएको पनि जरिवानाको सुचिमा नाम प्रकाशित गर्दा आफू माथि अन्याय भएको बताए ।
गर्दै नगरेको गल्तिको जरिवाना जानी जानी तिराउनु कहाको नियम हो ? उनले प्रश्न गर्दै अतिरित्त हुलाक विश्रामपुर मार्फत पठाएको रसिद देखाउदै उनले भने । शिक्षक कर्णसंगै दिनेश राय र भोला राय पठाउदा उनीहरुको पुग्ने तर मेरो नपुग्नु हुलाक कार्यालयको विश्वसनियता माथि उनले प्रश्न चिन्ह खडा गरे । ०६४२४९, ०६४२५०, ०६४२५२ को कागजातहरु पुग्यो तर मेरो ०६४२५१ नम्वरको डकुमेण्ट कसरी पुगेन आश्चर्य व्यक्त गरे ।
कर्णका अनुसार शिक्षक किताव खानामा बुझ्न लगाउदा रेकर्ड प्राप्त नभएको र हुलाकको रसिद छ भने राष्टिूय सतर्कता केन्द्रमा गएर उजुरी गर्न सुझाव दिएको छ । यदी रौतहटबाट उजुरी गर्न काठमाण्डौ जाँदाको कतिको खर्च र समय लाग्ने छ यसको व्यवहारिक पक्षको ख्याल समेत सम्बन्धित निकायबाट गर्नुपर्ने बताए । म जस्ता कयौं शिक्षकहरु अन्यायमा परेका छन्, सवैको सुचि जारी भएको छ, नगरेको गल्तिको भुक्तान कसरी गरौं उनले सम्बन्धित निकाय संग प्रश्न गरे ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको कर्मचार प्रशासन तथा सुशासन प्रवद्र्धन शाखाले जारीको पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालको २०७४÷०७५ को सम्पत्ती विवरण नबुझाउनेहरुलाई चलानी नम्वर २६५९ को मिति २०७६ असार ८ गतेको पत्र अनुसार रौतहटका ६१ जना शिक्षकलाई जनही ५ हजारको दरले जरिवाना गर्न निर्णय भएपनि मन्त्रालयबाट जिल्ला शिक्षा कार्यालय रौतहटमा उक्त पत्र प्राप्त भई सुचना पाटीमा टाँस भएपछि शिक्षकहरु जरिवानामा परेको थाहा पाएको शिक्षक कर्णले बताए ।
शिक्षक कर्णले शिक्षक किताव खानामा अतिरिक्त हुलाक कार्यालय मार्फत बुझाएको रसिद ।