गौर,१ भदौ । रौतहटको दक्षिीणीभेग स्थित मौलापुर नगरपालिकाले आर्थिक बर्ष २०७५।०७६मा नगरक्षेत्र अन्र्तगतका एकसय एकजनालाई छोरीको बिवाहमा नगद सहयोग गरेको छ ।
प्रदेश २ कै महिला मेयर रिना कुमारी साहले गरीब संग मेयर कार्यक्रम अन्तरगत एकसय एकजना अभिभावकलाई छोरीको बिवाहमा आर्थिक सहयोग गरेको हो ।
कार्यपालिका बोर्डको निर्णय अनुसार नगरपालिकाले छोरीको बिवाहमा प्रती परिवार २५ हजारको दरले नगद सहयोग गरेको मौलापुर नगरपालिकाका प्रशासकिय अधिकृत सिकेन्द्र साहले जानकारी दिएका छन ।
यसअघि मौलापुर नगरपालिकाले धुुँवा रहीत नगर बनाउन प्रत्येक परिवारलाई ग्याँसचुल्हो सिलिण्डर,छात्रालाई साईकल,ल्यापटप,र सिनेटरी प्याड समेत बितरण गरेको थियो ।