चन्द्रपुर ४ भदौ  / मालपोत कार्यालय चन्द्रनिगाहपुरले आर्थिक वर्ष ०७५/ ०७६ मा घर जग्गा रजिष्ट्रेशनबाट रू १४ करोड ५१ लाख ५७७ राजस्व संकलन गरेको छ । उक्त कार्यालयले चन्द्रपुर, गुजरा, फतुवा विजयपुर, कटहरिया तथा बृन्दावन नगरपालिकाका सेवग्राहीको घरजग्गा रजिष्ट्रेशन गरेवापत राजस्व संकलन गरेको हो । चन्द्रपुर नगरपालिकाबाट रू १० करोड ४१ लाख ५५ हजार, कटहरिया नगरपालिकाबाट रू ३१ लाख ६९ हजार ४००, गुजरा नगरपालिकाबाट रू।१ करोड ५७ लाख २८ हजार ६००, फतुवा बिजयपुर नगरपालिकाबाट रू ६९ लाख ४४ हजार र बृन्दावन नगरपालिकाबाट रू १ करोड ५१ लाख ६० हजार १०० घरजग्गा रजिष्ट्रेशनबाट राजस्व संकलन भएको मालपोत कार्यालय चन्द्रनिगाहपुरका प्रमुख महमद शेरे मुस्तफाले बताए ।