सर्लाही,९ भदौ / सर्लाहीमा बाढी डुबानपछि भाइरल ज्वरोका बिरामी बढेका छन्। अस्पतालमा आउने विरामीमध्ये पछिल्लो दिनमा धेरै विरामी भाइरल ज्वरोका देखिएको चिकित्सकले बताएका छन् । जिल्ला अस्पताल मंलगवामा दैनिक अहिले ५० र ६० भन्दा बढी भाइरल ज्वरोका विरामी आउने गरेको सर्लाही अस्पतालका डाक्टर नथुनी महतोले जानकारी दिनुभयो । भाइरल ज्वरो संक्रमित विरामीमा ज्वरो आउनुको साथै टाउको दुख्ने, पसिना आउने, नाकबाट पानी बग्ने, मांशपेशी दुख्ने, कमजोर महसुस हुने,भोक नलाग्ने जस्ता लक्षण देखिने उहाले जानकारी दिनुभयो।बाढी डुबानपछि स्वास्थ्य परिक्षण गराउन आँउने विरामीमा भाइरल ज्वरो संक्रमित भएको पाइएको नमुना अस्पाताल हरिवनका डाक्टर अनिल चौधरीले जानकारी दिनुभयो । भइरल ज्वरोबाट एकै घर परिवरका तीन चार जनासम्म विरामी भएर उपचार गर्न आउने उहाले जानकारी दिनुभयो । भाइरल संक्रमित बिरामीले आराम गर्नुका साथै झोलिलो खानेकुरा प्रशस्त मात्रामा खान चिकित्सकले सुझाव दिएका छ ।