चन्द्रपुर,११ भदौ / रौतहटका बजार क्षेत्र आजभोली सवारी साधनले भरीभराउ देखीन थालेको छ । तिमध्य सबैभन्दा बढि ई रिक्सा र अटो रिक्साहरुले नै रौतहटका बजार क्षेत्र भरीभराउ बनाएका छन् । रौतहट जिल्लाका प्रमुख ब्यापारीक बजार चन्द्रनिगाहपुर,गौर,गरुडा र कटहरिया लगाएतका बजारमा चल्ने अटो रिक्सा चालकसंग सवारी चालक अनुमती पत्र भने हुने गरेको छैन । बजार गर्न आउने सर्वसाधारणका लागी पहिलो रोजाई बनेका यस्ता सवारी चालकसंग सवारी चालक अनुमती पत्र नभएका कारण चालकहरुनै जोखिममा परेका छन् । जाहा“ भन्यो त्यहिँ पुर्याउने, खोजेको बेला पाईने र ठेलमठेल यात्रा गर्नु नपर्ने भएकाले अटो रिक्सा सर्बसाधारणको रोजाईमा परेपनि सहजै सवारी चालक अनुमती पत्र लिन नसकिने गरेका कारण उनीहरुले जोखिम मोलेर अटो रिक्सा चलाउने गरेका छन् । ट्याम्पो र ई रिक्सालाई एउटै दर्जा दिएर यातायात ब्यवस्था कार्यालय बिरगञ्जले पटक पटक फारम खुलाएर सि क्यटगोरीको चालक अनुमती पत्र बितरण गर्ने गरेको यातायात ब्यवस्था कार्यालय वीरगंज जनाएको छ । तर रौतहट जिल्लामा गुड्ने अधिकांश ई रिक्सा चालक र ट्याम्पु चालकसंग अनुमती पत्र छैन । चन्द्रनिगाहपुर गैडाटार रोडमा चल्ने ट्याम्पु चालक दिल प्रसाद दाहालले आफुसंग सवारी चालक अनुमतीपत्र नभएको बताए । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका क्षेत्रमा चल्ने करिव दुई सय ट्याम्पु चालक मध्य मुस्कीलले २०जनासं मात्र सवारी चालक अनुमतीपत्र भएको चन्द्रनिगाहपुरमा ट्याम्पु चालक शंकर गोसा“इले बताए । सवारी चालक अनुमतीपत्रका लागि पटक पटक धाउदा समेत सहजै सवारी चालक अनुमतीपत्र पाउन मुस्किल रहेको र २५ हजार सम्म दलालले सवारी चालक अनुमतीपत्र बनाउन रकम माग्ने गरेका कारण आफुले बिना अनुमतीपत्र ट्याम्पु चलाउदै आएको अर्का चालक जित बहादुर भोलनले दुखेसो पोखेका छन् । सवारी चालक अनुमतीपत्र बिना ई रिक्सा र ट्याम्पु चलाउने समस्या देशकै प्रमुख सहरको भएको बताउदै जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख शैलेन्द्र न्यौपानेले यो समस्या हलका लागि आफुले पहल थाल्ने बताए । बिना अनुमती पत्र रिक्सा चलाउने गरेको स्विकार गर्दै न्यौपानले अनुमतीपत्र नलिएका चालकहरुलाई छिटै बनाउन लागि पहल गर्ने बताए । ई रिक्सा ट्याम्पुको अब्यबस्थित पार्किङले रौतहट जिल्लाको प्रमुख ब्यपारीक बजार अस्तब्यस्त बनेको छ भने चालकको लापरबाहि र दु्रत गतीले दुर्घटना पनी बढ्ने गरको छ । ट्याम्पु र ई रिक्सा मनपरी पार्किङले पुर्व पश्चिम राजमार्गमा जोडिएको चन्द्रनिगाहपुर बजारमा पटक पटक सवारी दुर्घटना भएको ईलाका प्हरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले जानकारी दिएका छन् ।