चन्द्रपुर,१२ भदौ / मालपोत कार्यालय चन्द्रनिगाहपुरमा अनलाईन प्रणालीबाट काम सुरु भएपछि सेवाग्राहीले झनै समस्या झेल्नु परेको गुनासो बढेको छ । जग्गा खरिद बिक्रि गर्दा अनलाईन प्रणालीबाट हुने भएपछि छीटो छरितो कामको आशमा रहेका सर्बसाधारण यो सेवा सुरु भएपछि झनै समस्यामा परेका छन् । एउटा खेलत पास गराउनका लागि ४ दिन सम्म लाग्ने गरेको चन्द्रनिगाहपुरका लेखापढी ब्यावसायीले बताएका छन् । मालपोत कार्यालय चन्द्रनिगाहपुरमा कम्प्युटर चलाउनका लागि करारमा नियुक्त गरिएका कर्मचारीलाई सो अनलाईन प्राणालीका बिषयमा जानकारी नभएका कारण काम ढिला भएको लेखापढी ब्यावसायीहरुले बताएका छन् । हाकिमले करारमा कर्मचारी राख्न पाउने भएपछि मनोमानी तरिकाले कर्मचारी भर्ना गरेका कारण सेवाग्राहीले समस्या भोग्नु परेको गुनासो छ । यता मालपोत कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सेरे मुस्तफाले अरुले भने जस्तो आफुले करारमा कर्मचारी नराखेको दावी गरेका छन् । उनले कन्सल्टेण्डले दिएको कर्मचारी मात्रले काम गरेको र नयां टेक्नोलोजी भएका कारण सबैलाई काम गर्न तत्काल गरो भएको बताए । चन्द्रनिगाहपुरका लेखापढी ब्यावसायीले भने कर्मचारीले अनलाईन प्रणालीमा काम गर्न नजानेका कारण झन्झट भएको गुनासो गरेका छन् ।
जिल्ला सदरमुकाम गौरमा रहेको मलपोत कार्यालयमा समेत समयमा काम नभएका कारण सेवाग्राहीहरुले समस्या झेल्दै आएको सेवाग्राहीहरुले बताएका छन् ।