चन्द्रपुर,१२ भदौ / चन्द्रपुर ३ का भोलुम्टार, अरुणबस्ती र इपिलका स्थानीय सामान्य स्वास्थ्य समस्या हुदा पनि उपचार गर्न पाउदैनन् । चुरेको फेदीमा रहेका यी बस्तीमा ४ सय भन्दा धेरै घरधुरीको बसोबास छ । तर स्वास्थ्य, शिक्षा, स्वच्छ खानेपानी लगायत आधारभुत सेवा सुविधाबाट यहाका नागरिक बञ्चित रहेको स्थानीय अति माया वाइबाले बताईन । पछिल्लो समय पानीका मुहान सुक्दै गएका छन् । त्यस कारण खानेपानीका लागि ४ घण्टासम्म हिंड्नुपर्ने बाध्यता छ । विहान उठ्ने बित्तिकै पानीकै जोहो गर्न धन्सार खोला पुग्नुपर्छ । तर खोलाको पानी शुद्ध छैन उनले भनिन । चुनावको बेला भोट माग्दै नेताहरु आए । उनिहरुले यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, विजुली बत्ती, खानेपानी लगायतका विकासका पुर्वाधारको ब्यबस्था गर्ने बचन पनि दिए । तर अहिले बचन अनुसार कुनै काम भएको छैन । जितेर गएकाहरुहरुले गाउँको विकासमा चासो नदिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानिय नेता जगत बहादुर वाइबा बताउनुहन्छ ।चुरे पहाडको फेदीमा रहेको बस्ती सुख्खा क्षेत्र भएकाले विकासमा पछाडी परेको छ । यस क्षेत्रको विकासका लागि स्थानीय स्तरबाट प्रयास नभएको होईन । तर वडा कार्यालयको प्रयासले मात्रै जनअपेक्षा अनुसार विकास भएको छैन । चन्द्रपुर ३ का वडाअध्यक्ष बोधनाथ देवकोटाले बताए ।संघीयताले कुना कन्दरामा विकास पु¥याएको दाबी गरिरहदा रौतहटका भोलुम्टार, अरुणबस्ती र इपिलका लगायतका ग्रामिण बस्ती आधारभुत आवश्यकता पर्खिरहेका छन् ।
