एजेन्सी–सुपरस्टार प्रभास र श्रद्धा कपुर अभिनित चलचित्र शाहो यस वर्षको सबैभन्दा ठूलो हिट हुने अपेक्षा गरिएको थियो ।
तर, चलचित्रले समीक्षकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छैन भने दर्शकहरु पनि चलचित्रबाट निराश बनेका छन् । यतिबेला सामाजिक सञ्जाल ट्वीटरमा चलचित्रप्रति आक्रोश पोखिँदैछ । ३५० करोड भारु त्यतिकै खेर फालेकंो भन्दै उनीहरुले चलचित्रको भीएफएक्स, लेखन र सिक्रिनप्लेको आलोचना गरेका छन् । प्रभासले पनि चलचित्रलाई जोगाउन सकेनन् । उता, हैदराबादमा फ्यानहरुले प्रभासको ७० फिट अग्लो पोस्टर बनाएर त्यसमा दुधले पूजा गरिरह“दा केही फ्यानहरुले रमाइलो मिम प्रयोग गर्दै चलचित्रको मजाक पनि उडाइरहेका छन् ।