चन्द्रपुर ,१८ भदौ / रौतहटमा भाईरल ज्वरोका बिरामीको चाप बढेका अवस्थामा जिल्लाको बृन्दावन नगरपालिकाका ५ वटा स्वास्थ्य चौकीमा औषधिको अभाव भएको छ् । सो नगरपालिकामा रहेको विश्रामपुर स्वास्थ्य चौकी ,रमौली स्वास्थ्य चौकी, गम्हरिया स्वास्थ्य चौकी, पलटुवा स्वास्थ्य चौकी, र धमौरा स्वास्थ्य चौकीमा ज्वरोको ईन्टवाईटिक औषधि नहुदा सेवा लिन आएका सेवाग्राही समस्यामा परेका छ्न । उक्त ५ वटै स्वास्थ्य चौकीहरुमा ज्वरोको औषधिको नाममा पडासिटामोल बाहेक अन्य कुनै ईन्टवाईटिक औषधि नरहेको बिश्रामपुर स्वास्थ्य चौकीका स्वास्थ्य निरीक्षक राजेन्द्र प्रसाद यादवले जानकारी दिएका छ्न । अत्यधिक गर्मीका कारण ज्वरोको बिरामीको चाप बढेको स्वास्थ्य निरीक्षक यादवले बताएका छ्न । उनले भने जरो निको पर्नकालागि पडासिटमोलले मात्र हुदैन सिटामोलसंगै ईन्टवाईटिक औषधिपनि अती आवश्यक रहेको बताईएका छ्न ।