गौर,२३ भदौ / तराई मधेशमा बिद्यमान छुवाछुत प्रथाको अन्तका लागि प्रदेश २ का भुमि ब्यावस्था ,कृषि तथा साहकारी राज्य मन्त्री योगेन्द्र यादव लागि परेका छन् । रौतहट क्षेत्रनं १ का प्रदेश सांसद समेत रहेका यादवले शुक्रबार रौतहटको माधव नारायण नपा ५ मिठुअवा निवासी रामजी राम चमारको धर्मपत्नीको श्राद्व भोजमा सहभागि भएर यादवले छुवाछुतको अन्त्यका लागि सबैसंग आग्रह गरेका थिय । राज्य मन्त्री यादव आफ्नो घरमा आएर अन्न ग्रहण गरेपछि आफुलाई खुशी लागेको चमारले बताए । तराई मधेशका जिल्ला तथा गाउं घरमा रहेको छुवाछुत प्रथाको अन्त्यका लागि र समाजिक सदभावका लागि आफु लागि परेको राज्य मन्त्री यादवको भनाइ रहेको छ । दलितको घरमा र समुदायमा गएर उनीहरुसंगै भोजमा सहभागि हुदा आफुलाई खुशी लागेको राज्य मन्त्री यादवको भनाइ रहेको छ । सामाजिक रुपमा रहेको अछुत र दलितका बिरुद्ध हुने बिभेदका बिरोधमा आफ्नो अभियानले निरन्तरता पाउने समेत यादवको भनाइ रहेको छ । पछिल्लो समय राज्यमन्त्री यादवले जिल्लाको विकासमा ध्यानदिदै बिभिन्न विकास निर्माणका काममा समेत आफैं सहभागि हुदै आएका छन् । सबैमाझ यादव विकास प्रेमी नेताका रुपमा परिचित छन् ।