गोर,२४ भदौ / भारत एकजना नेपाली माथि नेपालीले छुरा प्रहार गरेका छन् । रौतहटको परोहा नगरपालिका वडा नं २ जिङगडवा बेलविछवाका बिन्देश्वर यादवको १८ बर्षिय छोरा अजय कुमार यादवले बिगत १० महिना देखि भारतको अमृत शहरमा रहेको एउटा अस्पताल स्थित नारियल बेची जिविसको पार्जन गरिरहेका यादव माथि रौतहटका माधवनारायण नगरपालिका वडा नं ३ सखुअवा भेलहीका भुकल साहको २० बर्षिय छोरा बिनोद साहले भारतको अमृत शहरको एकान्त कोणामा लगी सामुहिक रुपमा हमला गरी टाउको, घांटी, हात, नाक, कान समेतमा छुरा प्रहार गरी मर्ने आशनमा तुल्याई तथा शरिरको विभिन्न भागमा कुटपिट गरि निलडाम तथा खत समेत रहेको छुरा प्रहार भएका अंगहरुमा टांका अनगिन्ती रहोको छ । यादव भारतको अमृत शहरमा गम्भीर घाईते भई छटपटाई रहेको अवस्थामा स्थानीयहरुले प्रहरीलाई फोन मार्फत खबर गर्दा साह नेतृत्वका गुण्डाहरु घटना स्थलबाट फरार भएका थिए । यादव माथि भारतको अमृत शहरमा भएका संघातिक हमलाबाट घाईते यादवसंग प्रहरीले सोधपुछ तथा अनुसन्धान गरी घाइतेको घरमा फोन मार्फत जानकारी गराई घाईतेका अभिभावकले आफ्नो छोरालाई भारतको अमृत शहरबाट भारतीय प्रहरी संग अनुमति लिई नेपाल ल्याई रौतहटको जिल्ला अस्पताल समान्य उपचार पछि थप उपचारका लागि बिरगंज रेफर गरिएको छ ।