रुपेन्द्र पटेल ,२५ भदौ / जिल्लाका अधिकांस नगरपालिकाले आफ्नो नगरमा उत्पादन हुने फोहोर ब्यावस्थापन गर्न सकेका र्छैनन् । जिल्लाका प्रमुख ब्यापारीक नगरका रुपमा परिचित चन्द्रपुर नगरपालिका ,गौर नगरपालिका ,गरुडा गनरपालिका र कटहरिया नगरपालिकामा उत्पादन भएका फोहोर ब्यावस्थापन हुन नसकेका कारण ती नगरका प्रमुख स्थाननै दुर्गन्धित हुदै जान थालेका छन् । पुर्व पश्चिम राजमार्गसंग जोडिएको जिल्लाकै ठुलो नगरपालिका चन्द्रपुरको फोहोर नियमित रुपमा नउठने गरेका कारण पानीले फोहोर कुहियर हिडदा नाक थुन्नु पर्ने अवस्था रहेको स्थानीय युवा भरत आचार्यले बताएका छन् । जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकाले नगरबाट नियमित रुपमा उठने फोहोर चन्द्रनिगाहपुर गौर रोडमा फाल्ने गरेका कारण सो राजमार्ग भएर आवत जावत गर्नेहरुलाई समस्या रहेको सवारी चालकहरुले गुनासो गरेका छन् । पछिललो पटक जिल्लाकै जेठो नगरपालिका गौर नगरपालिकाले सरसफाई अभियानलाई तिब्र बनाएपछि भित्रि नगर सफा भएपनि नगर भन्दा बाहिरका आसपासका क्षेत्रलाई सफा गर्न नसकेको र नगरबाट बाहिर जाने बाटोहरुको छेउछाउमा दैनिक रुपमा फालिएका दुई टनसम्मका फोहोरमैलाले सिरसिया जाने बाटो र बिरेन्द्र राजमार्ग जाने बाटोको छेउछाउ नाकै थुनेर हिड्नु पर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् । चन्द्रपुर नगरपालिका पनि पुर्वपश्चिम लोकमार्गमा रहेको वजार क्षेत्रमा उत्पादन भएको फोहोरमैला नगरपालिकाले समयमा ब्यवस्थापन नगरेका कारण बजार क्षेत्र कुरुप र दुर्गन्धित बन्दै गएको स्थानीयको भनाइ रहेको छ । चन्द्रनिगाहपुर बजार क्षेत्रमा दैनिकरुपमा पाच टन फोहोरमैला उत्पादन हुने गरेको चन्द्रपुर नगरपालिका कार्यालयले जनाएको छ । सैगरी मध्यभागमा रहेको गरुडा नगरपालिकाले पनि बजारक्षेत्रको फोहोरमैला ब्यवस्थापनको जिम्मेवारी बोकको नगरपालिकाको लापरवाही र ढिलासुस्तीका कारण बजार क्षेत्रमा त्यत्तिकै जथाभावी फोहोरमैला छरपस्ट रहेको स्थानीय दिगम्बर यादवले बताउछन् । गरुडा गरपालिकामा श्रीराम सुगर चिनिमिलले निकालेको दुर्गन्ध र विभिन्न उद्योगले निकालेको फोहोर धुवा र पानीले गर्दा गरुडा नगरपालिकालाई झनै फोहोर बनाएको स्थानीयको भनाइ रहेको छ । गरुडा नगरपालिका क्षेत्रमा रहेका अधिकांस होटलमा शौचालय समेत नभएका कारण स्थानीयले जथाभावी दिशा पिसाव गरेका कारण समेत नगर झनै फोहोर भएको स्थानीयको भनाइ रहेको छ । फोहोरकै कारण पछिल्लो समय मच्छर उत्पादन भएर डेंगु जस्ता घातक रोगको सम्भावना बढदै जान थालेको स्थानीय व्यापारी धर्मनाथ जयसवालले बताए । यता जिल्लाको पुरानो बजार कटहरिया बजारमा रहेको एक मात्र सार्वजनिक शौचालय समेत फोहोर दुर्गन्धित रहेका कारण स्थानीयलाई समस्या भएको गुनासो बढदै जान थालेको छ । नगरलाई सफा र हरावरा बनाउनका लागि आफुले पहल थालेको कटहरियाका नगरप्रमुख शियाराम कुशवाहले बताए । चन्द्निगाहपुर गौर सडकखण्डमा यसअघि बनाईएको नाला फोहोरले पुरिएका छन् । जिल्लाका अधिकांश नगरपालिकाले फोहोर व्यवस्थापन र नाला निर्माणमा खासै चासो देखाउन नसकेकोले र स्थानीय जनतामा सरसफाई सम्बन्धी जनचेतनाको कमिले रौतहट जिल्ला नै दुर्गन्धित हुदै जानथालेको स्थानीयको भनाइ रहेको छ । जिल्लाका नगरपालिकाले सकेसम्म बजार क्षेत्रमा उत्पादित फोहोरमैला ब्यवस्थापन कार्य गर्दै जानुपर्ने र नगरपालिका क्षेत्र भित्रका प्रमुख वजार क्षेत्रको फोहोरमैला ब्यवस्थित गर्न स्थानीय, विद्यालय, एनजिओ, क्लब, स्थानीय जनसरोकारवालले वातावरण संरक्षणको लागि हातेमालो गर्दै फोहोरमैलालाई ब्यवस्थापन गर्न सके रौतहट जिल्लालाई स्वच्छ र सुगन्धित जिल्ला बनाउन सकिने गौरका स्थानीय बासिन्दा तथा पत्रकार शैलेन्द्र गुप्ताले बताएका छन ।