रुपेन्द्र पटेल,२६ भदौ / मुस्लिम समुदायले रौतहट सहित देशका विभिन्न स्थानमा ताजिया (दाहा) मेला मनाएका छन् । बुधबार रौतहटको चन्द्रपुर हस्पिटल अगाडी दाहा बनाएर दाहा मनाईएको हो । सो स्थलमा युवाले विभिन्न प्रकारका कलात्मक खेल प्रदर्शन गर्ने गरेको थियो । दाहा मेलामा मुस्लिम समुदायका महिलाहरुले हसन हुसेनको सम्झनामा गीत गाउने पनि परम्परा रहेको छ । इस्लामिक क्यालेन्डर अनुसार अहिले मोहरम महिना चलिरहेको छ । मोहरम इस्लामिक क्यालेन्डरको पहिलो महिना हो । इस्लाम धर्मअनुसार मोहरम महिनाबाट नया“ वर्षको सुरुवात हुन्छ । यो महिनामा नै इस्लाम धर्मका प्रर्वतक हजरत मोहम्मद पैगम्बरका नाति हजरत हसन र हुसैनले इस्लाम धर्मको रक्षाका लागि आफ्नो ज्यानको कुर्बानी (बलिदानी) दिएका थिए । इमाम हुसेनले अल्लाहसँग आफ्ना हजुरबुबा मोहम्मदलाई मान्ने सम्पूर्ण मुसलमानलाई जन्नत ( स्वर्ग) पुर्याउन गरेको वाचानुरुप बदलामा हुसेन इराकको राजधानी कर्रवला बग्दादमा शहीद भएको सम्झनामा संसारभरका मुसलमानले मोहर्रम मनाउदै आएको शेख फुलबाबुले बताएका छन् । कुरानअनुसार हुसैनकी आमाले पढेको नवाज अल्लाहले सबैभन्दा बढी मन पराउने भएकाले नवाज पढ्ने समयमा सधैँ हुसेन रोइरहेपछि फरिस्ताले अल्लाहले आग्रहमा नवाज सुन्न बाधा नपरोस् भनी जन्नत घुमाउँदासमेत हुसेन रुन नछाडेपछि अल्लाहले तिमी किन रोइरहेको भनी प्रश्न गरे । हुसैनले हर्जरत मोहम्मदका उम्मद (अनुयायी) सीधै जन्नत जान पाऊन् भनी माग गरेपछि अल्लाहले तिमी कर्रवला बग्दादमा शहीद हुन तयार छौ भने मात्र म तिम्रो इच्छा पूरा गर्नेछु भनी वाचा गरेपछि मोहर्रमको नवमीको रात हुसैनको कतल गरी मोरम दशमीको दिन शहीद भएको सम्झनामा यो पर्व मनाइन्छ ।