चन्द्रपुर,२९ भदौ /
संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिकाको जनज्योती बहुमुखी क्याम्पसको प्राङणमा भएको सभाको उदघाटन गर्दे चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले नगरभित्र एकिकृत सम्पति कर लागु नभएको बताए । उनले आफना नागरिकको जीबनस्तर उकास्न र गरिबी निबारणको लागि योजना अघि सार्ने बताए ।
देशमा तीन तहको सरकार गठन भएसंगै हरक्षेत्रमा कर लागु भएको स्वीकार्दे स्थानीय सरकारको तर्फ बाट करको बिषयमा आफु सम्बेदनशिल रहेको बताए । सोही कार्यक्रममा चन्द्रपुर नगरपालिकाको सहकारी शाखाका चन्द्रकला बराल, रौतहट बचत तथा ऋण सहकारी सघका अध्यक्ष खडक बम्जन, दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष श्रीकृष्ण अधिकारी, कृषि सहकारी संघका अध्यक्ष जगरनाथ पाल, राष्ट्रिय सहकारी बैकका प्रबन्धक रोशन कार्की, स्वस्तिक साकोसका नरेन्द राना, नबबिकास साकोसका अध्यक्ष देब प्रसाद सापकोटा, एकिकृत सोकासका अध्यक्ष दिपक रेग्मी, हातेमालो सामुदायिक साकोसका दिपक घिमिरे, महिला कृषि सहकारी संस्थाका अध्यक्ष अम्बिका अधिकारी, जयकिसान दुग्ध सहकारी संस्थाका प्रकास चौलागाई, सफल साकोसका अध्यक्ष देबकी नेपाल, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष धु्रब कोईराला, गुञ्जन एफएमका स्टेशन म्यानेजर सजय कार्की, मुलघर कृषि सहकारी संस्थाका अध्यक्ष महेन्द्र चौलागाई, बिन्दबासिनी साकोसका उपाध्यक्ष गोबिन्द कोईरालाले साधारण सभाको सफलताको शुभकामना दिएका थिय । चन्द्रपुर नगरपालिकाको नौ नम्बर वडा अध्यक्ष गोबिन्द दुलाल, नेपाल यातायात मजदुर साकोसका हरि प्रसाई, युबा स्वरोजगार साकोसका खडक पौडेल, लगायतको आतिथ्यता रहेको थियो । सो सभामा अध्यक्ष बिभु पोखरेलले सबै जात, धर्म, तह स्तरका मानिसहरुको आर्थीक अबस्था सुदृण गर्ने उदेश्य बाट संकल्प बचत तथा ऋण सहकारी संस्था यसक्षेत्रको एउटा आशा र भरोसाको केन्द्रबिन्दु भएको सदस्यहरुको एक मात्र रोजाइको संस्था भएको बताए । सहकारी एक जीबन पद्धती भएको बताउदै आर्थीक, तथा सामाजिक जीबन लाई हरदम सक्रिय बनाई रहने एक उचित प्रणालीपनि हो अध्यक्ष पोख्रेलले भने । सो सभा कोषाध्यक्ष बलराम गौतमले २ करोड ६२ लाख १७ हजार ३ सय रहेको प्रतिबेद प्रस्तुत गरेका थिय । संस्थाको ३५ करोड ७१ लाख ३८ हजार ५५ रुपैयाको पुजी तथा दायित्व रहेको प्रतिबेदन प्रस्तुत भएको थियो ।
संस्थाका सचिब कुल बहादुर थापाले सचिबको पतिबेदन प्रस्तुत गरेका थिय । संस्थाका सहसचिब चिरन्जिबी गौतममले कार्यक्रम संचालन गरेका थिय । उत्प्रेरक पुरस्कार माधब प्रसाद गौतम, उत्कृष्ठ साकोस पुरस्कार शम्भु प्रसाद तिमल्सिना, उत्कृष्ठ सेबा पुरस्कार ईन्दिरा देबी ढकाल, असल सहकारी अभियन्ता पुरस्कार लक्ष्मि प्रसाद कोईराला, साकोस समाज सेबा पुरस्कार सञ्जय कार्की, असल काराकेबार सदस्य महिला ईन्दिरा खरेल, पुरुष नरकुमार आचार्य, उत्कृष्ट सदस्य महिला बबिता कुमार चौधरी, पुरुष डिल्ली प्रसाद काफले, जेष्ठ शेयर सदस्य महिला सीता देबी, पुरुष डिल्ली प्रसाद काफले ७५ बर्ष माथिका जेष्ठ सदस्य संकल्प सम्मान हुनेमा फटिकानन्द पौडेल, मिन प्रसाद खरmे, रामजी दाहाल, चन्द्र बहादुर थापा, टिका बल्बभ तिमल्सिना, बिष्ण प्रसाद बडाल, टिका प्रसाद भट्टराई, गोबिन्द कोईराला, रामानन्द काफले, राम प्रसाद पराजुली, डिल्ली प्रसाद काफले, बासुदेब सापकोटा, रामचरण चौधरी, मुकुन्द प्रसाद सुबेदी, केशबराज दाहाल, यज्ञप्रसाद पोखरले जेष्ठ महिला सदस्यमा महालक्ष्मि खरेल, तीर्थ कुमारी पोखरेल, एक कुमारी पौडेल, कौशल्या देबी, सीता देबी, ईन्दिरा काफले, रत्न कुमारी पोखरेल, जम्ुना माया, चन्द्र माया खडका, ललिता देबी, रोहिणी, देबी उपाध्याय, पदम कुमारी खतिवडा, जानुका देबी भट्टराई रहेका छन ।