चन्द्रपुर,७ असोज / रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा नागरिक सहायता कक्ष संचालन गरिएको छ । चाडबाड नजिकिदै गर्दा रौतहटको चन्द्रनिगाहपुरमा नागरिक सहायता कक्ष सन्चालन गरिएको हो । यात्रुलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय,रौतहटले पुर्वपश्चिम राजमार्गस्थित चन्द्रनिगापुरमा गत शनिबारदेखि नागरिक सहायता कक्ष सन्चालन गरेको हो । नकिकै आइरहेको दशै,तिहार र छठ पर्वमा चोक बजारमा भिडबाड बढि हुने,सवारी साधनमा यात्रा गर्न समस्या आउन सक्ने,चोरिने र ठगिने जस्ता घटना हुनसक्ने भएकाले नागरिकलाई सहजता होस भन्ने उद्देश्यले नागरिक सहायता कक्ष सन्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय,चन्द्रनिगाहपुरका प्रहरी नायव निरिक्षक टोपबहादुर खत्रिले बताए । चन्द्रनिगाहपुरको ब्यस्त मध्य चोकमा टेन्टले घेरेर राखिएको कक्षमा पानीसमेतको ब्यवस्था मिलाइएको छ । नागरिक सहायता कक्ष आगामी कात्तिक महिनासम्म सन्चालन गरिने प्रनानि खत्रिले जानकारी दिए । चाडवाडको बेलामा राजमार्गमा आवत जावत गर्ने यात्रुका लागि नागरिक सहायता कक्षमा खटिएका सुरक्षाकर्मीले सहयोग गर्ने जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भुपेन्द्र खत्रीले जानकारी दिए । हरेक बर्ष ईलाका प्हरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुर चोकमा नागरिक सहायता कक्ष संचालन गर्ने गरेको छ ।