कटहरिया,१६ असोज / रौतहटको उतरीभेग बाराको सिमाना संग जोडिएको फतुवा बिजयपुर नगरपालिकाको हिमासीबास टोलका युवाहरु समाजमा उदाहरणिय बन्दै गएका छन । पछिलो समय स्थानिय तहले गर्न नसकेको काम ति युवाहरुले आप्mनै लगानीमा गरेर समाजमा उदाहरणका पात्र बनेका छन । भनिन्छ आँट र चाहना भए केपो गर्न सकिन्न आफनो गाउ आफै बनाउ सिधान्तलाई आत्मसात गरी हिमालीबासका जनताको तडकारो समस्यालाई ति युवाहरुले समाधानमा लागेका हुन । हिमालीबास गाउ देखी बारा जोडने मुलसडकमा रहेको ह्युमपाईप फुटेर पछिलो दुईसाता देखी यातायात प्राय.ं बन्द भएको थियो । बडो मुश्किलले सो बाटो भएर आवत जावत भईरहेको थियो । ह्युमपाईप हाल्न र बाटोको समस्या बारे पटक पटक फतुआ बिजयपुर नगरपालिकालाई अनुरोध गर्दा वास्ता नगरेपछी आज गाउका युवाहरु आफैमा चन्दा संकलन गरेर ह्युमपाईप राखी बाटो सञ्चालन गराएका हुन । युवाहरु माझ ५६ हजार रुपैया संकलन गरेर ह्युमपाईप राखी बाटो संचालन गराईएको एकजना स्थानिय युवा तथा नेकपाका नगरकमिटीका अध्यक्ष अजय तिम्मलसिनाले बताएका छन । युवाहरुले केहीदिन अघिमात्र ८५ हजार रुपैया आफैमा चन्दा संकलन गरी हिमालीबास गाउभरीका सबै बिधुत पोलमा बती जडान गरी गाँउनै झिलीमिली बनाएका छन । त्यतीमात्र नभई तिनलाख रुपैयाको लागतमा गाउमा सार्वजनिक प्रतिक्षालय निर्माणका लागी एकलाख ५० हजार संकलन गरीसकेको अर्का स्थानिय युवा तथा निजगढ स्थित चंकी रेस्टोरेन्ट सञ्चालक अशोक श्रेष्ठले बताएका छन । उक्त चौतारो निर्माणको काम दशैपछी लगतै सुरुगर्ने युवा श्रेष्ठले जानकारी दिएका छन ।युवाहरुले उदाहरणिय काम गरेको हेरेर छर छिमेकका मानिस आर्थिक सहयोग दिएर हौसयाई रहेका छन । बारा अडेमवा गाँउका एकजना ब्यापारी सहदेव खरेलले ति युवा समुहलाई सार्वजनिक कामको निमित ७७हजार ७सय ७७रुपैया सहयोग गरेको होटेल ब्यवसायी युवा अशोक श्रेष्ठले बताए । उनीहरुले बडा दशै तथा अवसर पारेर अगामी २० गते नगर स्तरिय केटीहरुको नृत्य प्रतियोगीताको समेत आयोजना गर्नलागेको जनाएका छन । उनीहरुको उदाहरणिय कामको उच्च मुल्यांकन गर्दै बाहिर देशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गर्ने सामाजिक सञ्जाल फेसबुक मार्फत आश्वासन समेत दिरहेका छन ।