चन्द्रपुर,४ कार्तिक / रौतहट स्थित स्थानिय माध्यामिक बिधालयका प्रधानाध्यापकले शिक्षा नियमावली बिपरीत जबरदस्ती बिधार्थीको शैक्षिक योग्यता प्रमाणपत्र राखेका छन । उनकै बिधालयमा उच्च शिक्षा अध्ययन गर्नुपर्छ भन्दै हिमाली माध्यामिक बिधालय हिमालीबासका प्रधानाध्यापक बुनिलाल यादवले बलपुर्वक आधा दर्जन बिधार्थीको प्रमाणपत्र रोखेका हुन । फतुवा बिजयपुरका शिक्षा संयोजक समेत रहेका प्रधानाध्यापक यादवले पटक–पटक शैक्षिक प्रमाणपत्रका लागी बिधालय गएका बिधार्थीलाई बिभिन्न बहानामा फकाउर्ने गरेको पिडित बिधार्थीहरुले बताएका छन । सोही बिधालय बाट यसबर्ष एसईई उतिर्ण गरेकी एक जना छात्रा सुजाता गौतमले आफु उच्च शिक्षा बाहिर पढने उदेस्यले सर्टिफिकेट लगायत आवशयक अन्य कागजातका लागी पटक–पटक बिधालय जा“दा पनी सर्टिपिकेट नपाएको गुनासो गरीन । पहिलो पटक जादा सर्टिफिकेट लिन १५ सय लाग्ने प्रधानाध्यापक बुनिलाल यादवले र बिधालय छोडने भए २५ सय बताएका थिए । प्रधानाध्यापक यादवले भने अनुसारको रकम २५ सय बुझाउन जादा पनी हालसम्म सर्टिफिकेट नपाएको छात्रा गौतमले दुखेसो पोखिन । छात्रा गौतमका साथै्र अर्की छात्रा सरु अधिकारीले शैक्षिक योग्यता प्रमाणपत्र राखेर प्रधानाध्यापक यादवले म जस्तो आधा दर्जन छात्रछात्राको भबिष्य संग खेलवाड गरीरहेको आरोप लगाईन । सो विषयमा सोधपुछका लागी हाल घर बिदामा रहेका प्रधानाध्यापकको मोबाईलमा पत्रकारले फोनगर्दा फोन सिरिव भएन । बिधालयका निमित प्रमुख बिजय कुश्वाहाले यसबर्ष देखी हिमाली माबीमा उच्च शिक्षाको अध्यापन सुरुभएकाले आफनै बिधालयका उत्पादन बिधार्थीलाई पहिले रोक्न प्रयास गरेको हो तर न मानेको खण्डमा बिधालय ब्यवस्थापन समितिले तोकेको शुल्क लिएर आवशयक सबै कागजात उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन । शिक्षा विकास समन्वय ईकायी कार्यालय गौरका प्रमुख गोकर्णध्वज कार्कीले बिधार्थीको चाहना अनुसार बिधालयमा पढन पाईने र शिक्षा नियमावलीमा कुनै पनी हालतमा शैक्षिक प्रमाणपत्र रोक्ने ब्यवस्था नरहेको बताउनुु भयो । हिमाली माबीका प्रअ बुनिलाल यादवले शैक्षिक योग्यता प्रमाणपत्र कुनै बिधार्थीको रोका गरेमा नियमानुसार कार्यवाही गरेर दिलाउने ईकायी प्रमुख कार्कीले जानकारी दिएका छन ।