गौर,८ कार्तिक ,
नेपाली कांग्रेसले आज गौरमा बिरोध प्रर्दशन गर्ने भएको छ ।
आफ्ना नेता पुर्वमन्त्री एवम सांसद अफतब आलमलाइ झुटो आरोपमा पक्राउ गरेको भन्दै आज गौरमा बिरोध सभाहुने भएको नेपाली काग्रेसका युवा नेता नौषाद आलमले जानकारी दिएका छन ।
आज बिहान ११ बजे कालोपट्टि बाधेर मौन सभागर्न लागिएको कांग्रेसका नेता तथा रौतहट क्षेत्रनं ४ का सांसद देव प्रसाद तिमलसिनाले जानकारी दिएका छन । हत्या आरोपमा असोज २६ गते पुर्वमन्त्री तथा सांसद अफताव आलम पक्राउ परेपछि रौतहट काग्रेसले उनलाई फसाउने नियतले सरकारलेनै गैर न्यायिक हिरासतमा लिएको बताउदै आएको छ ।
काग्रेस नेता आलम पक्राउ परेपछि नेपाली कांग्रेसले पर्ख र हेरको रणनिती लिएको थियो ।
पक्राउ परेर म्याद थप गरेर पनि प्रहरीले घटनाको बिषयमा कुनै प्रमाण फेला नपारेको काग्रेस नेता तथा परोहा नगरपालिकाका मेयर शेख वकिलले बताए ।
आजै आलमलाई म्याद थप वा मुद्धा अदालतमा बुझाउने सम्भावना रहेको र काग्रेसले समेत गौरमा बिरोध जुलुस गर्ने भएपछि गौरको सुरक्षा ब्यावस्था कडा बनाउने प्रहरी स्रोतले बताएको छ । प्रहरीले राजपुर बम प्रकरण सम्बन्धमा २५ जनाभन्दा बढी मानिससँग बयान लिइसकेको जनाएको छ । प्रहरीले बयान दिनेको नाम गोप्य राखेको छ भने उनीहरुलाई छदम नाम प्रयोग गरिएको प्रहरी स्रोतले बताएको छ ।
उक्त घटना देख्ने भनिएका राजपुरका स्थानीय, घटनामा संलग्न केही व्यक्ति, ट्याक्टरका मालिक आदिसंग बयान लिइसकेको छ । प्रहरीलाई बयान दिनेको संख्या दुई दर्जन नाघेको र उनीहरु सबै साक्षीको रुपमा रहेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताएका छन् ।
राजपुरका स्थानीय बासिन्दा तथा नेपाली कांग्रेसका नेताहरुले राजपुरमा घटना भएको भनिएको दिनमा पटाका समेत नपडेको र आलमलाई फसाउन खोजिएको बताए ।