रौतहट,१५ कार्तिक । चोरीको सामानसहीत रंगेहात पक्राउ परेका दुुईजना चोरीको अभियुक्तलाई कानुनी कार्यवाहीको सटा पञ्चायती गरेर रौतहट प्रहरीले छोडेको छ ।
पछिलो समय जिल्लाको बिभिन्न स्थानमा चोरीका घटना बढीरहेको समय चोरी गदौगर्दै सामान सहीत चोरलाई पक्राउ गरी स्थानियले प्रहरीलाई बुुझाँउदा पनी कानुुनी कार्यवाहीको सटा बिभिन्न प्रभावमा परेर छोडेको हो ।
चोरीगर्दा गर्दै चोरीको सामानसहीत पक्राउ परेका कटहरिया ५ का नन्दलाल यादवको छोरा १८ का सुुनिल यादव,भकटुु यादवका सालो सिरहा घरभई साही ठाँउ बस्दै आएका १७ बर्षिय रमेश मण्डललाई ईलाका प्रहरी कार्यालय गरुडाले बिहिवार छाडेको हो ।
गत १० गते बिहान ४ बजे स्थानिय रामजनम यादवको ना ६ त ४५९ नम्बरको ट्रयाक्टर बाट केही पार्ट चोरेर रामअधार साहको अर्को ट्रयाक्टरको पार्ट खोलीरहेको अवस्थामा स्थानियले पक्राउ गरी दुुबैजनालाई सामान सहित ईलाका प्रहरी कार्यालय कटहरियामा बुुझाएका थिय ।
प्रहरीले सोधपुछमा उनीहरुले ट्रयाक्टरको पार्टको अलावा अन्य मानिसको चोरीएको एकबोरा धान र दुुईवटा साईकल समेत बरामद गरेको थियो ।
सोहीदिन दिउसो दुुबैजना घटना बारे थप अनुुसंधानका लागी ईप्रका गरुडामा लगीएको प्रहरी नायव निरिक्षक श्रीनारायण पण्डितले जानकारी दिएका थिए ।
चारदिन सम्म प्रहरी हिरासतमा रहेका दुुबैजना आरोपीलाई राजनितिक दवाबमा बुधवार पिडित र केहेी जनप्रतिनिधी मिलेर पञ्चायतीमा दण्ड जरिबाना गरी कानुुनी कार्यवाही बाट जोगाएको गाँउलेहरुले बताएका छन ।
तर ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी तुलसीराम अर्यालले आरोपीहरु नाबालक भएकाले अब आईन्दा त्यस्तो नगर्ने सर्तमा पहिलो पटकको लागी जिमा जमानीमा पठाईएको बताए ।
जिल्ला न्याधिवक्ता खडिन्द्रराज कटुुवालका अनुसार चोरीको सामान सहीत रंगेहाथ पक्राउ पर्नेमाथी अदालतमा कसुर ठहरभएमा मुलुुकिशंहिता २४१,२४२को दफा अनुसार चोरलाई ३०हजार जरिबाना र ३ बर्षसम्म कैदको ब्यस्था रहेको छ । १८ बर्ष मुनीका नाबालकको हकमा सजायको दुुईतिहाई सम्म साजय हुने र आरोपीलाई कारागारको सटो बाल सुधारगृहमा राखीने ब्यवस्था रहेको कटुवालले जानकारी दिएका छन ।
चोरी पिडितले कसैको दवाबमा परेर चोरीको जाहेरी नदिँदा पनी प्रमाणको आधारमा प्रहरी प्रतिवेदन बाट चोरीमुद्धा दर्ताहरने कानुुनी ब्यवस्था रहेको जिल्ला सरकारी वकिल कार्यालय गौरले जनाएको छ ।
जिल्ला प्रहरी प्रवत्ता डिएसपी नविन कार्कीले चोरीको घटना जिल्लामा बढीरहेको स्विकार गर्दै उक्ट घटना बारे तत्काल बुुझने बताएका छन ।
पछलो केहीसमय देखी कटहरिया नगरक्षेत्र अन्तरगत पटक पटक चोरीको घटना भईरहेको अवस्थामा सामान सहीत पक्राउ परेका चोरलाई कार्यवाहीको सटा सम्झाई बुुझाई छोडनुुलाई स्थानीयले अर्थपुुर्ण रुपमा हेरेका छन ।