गौर,२४ कार्तिक / रौतहटको फतुआ बिजयपुर नगरपाकिा अन्तरगतका राष्ट्यि जनतापार्टीका दुईजना कार्यकर्तालाई सामान्य बिवादमा पक्राउगरी प्रहरीले ज्यादती गरेको आरोप लागेको छ ।
जिल्लाको मौलापुर नगरपालिका सोनरनिया घर भएका राजपाका नेता प्रदिप भन्ने राजदेव पटेल र फतुआ बिजयपुर ११ भैंसहीका दिपक चौधरीलाई सामान्य बिवादमा पक्राउगरी प्रहरीले एकहोरो गरेको एकजना नेता राजेन्द्र पटेलले गुनासो गरेका छन ।
ईलाका प्रहरी कार्यालय बिजयपुरमा प्रहरी निरिक्षक पर्मानन्द यादव र पटेल,चौधरी बिच भनाभन हुंदा प्रहरी निरिक्षक चन्द्रकान्त साहले दुख दिने नियतले जिल्ला प्रहरी कार्यालय गौर पठाएको राजेन्द्र पटेलले कटहरिया एफएम संग भएको कुराकानीमा टिप्पनी गरेका छन ।
उता ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख प्रहरी निरिक्षक चन्द्रकान्त साहले आरोपी प्रदिप भन्ने राजदेव पटेल र अर्का दिपक चौधरीले कार्यालय हाताभित्रै सई पर्मानन्द यादव माथी हातपात गरेकाले उनीहरुलाई थप कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय गौर पठाएको बताएका छन ।
पक्राउ परेका राजदेव पटेल र दिपक चौधरी हिरासतमा रहेको र घटना बारे छानबीन भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिएका छन ।