गरुडा,२६ कार्तिक / रौतहटमा एक युवकको डिजेबाजामा नाच्ने एक डान्सरको ज्यान गएको छ ।
रौतहटको माधवनारायण नगरपालिका वडा नं. – ४ सखुआबा बस्ने जलेश्वर सहनीका छोरा वर्ष २० का रुपन सहनीको लडेर ज्यान गएको हो । अइतबार राति गरुडा नगरपालिका ५ शिवनगर स्थित बिहेको अवसरमा ना ३ च ८९०१ नम्बरको पीकअप भ्यानमा लोड भएको डिजे बाजामा उनी डान्स गर्दै थिए । त्यतिकैकमा चालकले एक्कासी पीकअप अगाडी बढाउदा नजिकै रहेको रुखको हंगामा लागेर भुईमा लड्दा घटना स्थलमै डान्सर सहनीको मृत्यु भएको स्थानीयले बताएका छन् । पीकअप गरुडा नगरपालिका ५ शिवनगरका शिव मंगल साह सोनारका पीकअप रहेको स्थानियले जनाएको छ । शिवनगर ईलाका प्रहरी कार्यालयले पीकअप नियन्त्रणमा लिएको र मृतक सहनीको शव पोस्टमार्टमको लागि लगिएको जनाएको छ । मृतक सहनिको घरमा मातमका महोल छाईएको उनका छिमेकीले बताए ।