चन्द्रपुर,१ मंसिर / चन्द्रपुर नगरपालिकामा रहेको एक थान ब्याकु लोडर बनाउनुको साटो केही कार्यपालिका सदस्य कवाडमा बेच्ने तयारीमा लागेका छन् । जनप्रतिनिधि आउनु पहिलानै नगरपालिकाले किनेको ब्याकु लोडर सोही समयमा मर्मतका नाममा लाखौं खर्च गरेको भन्दै त्यसको सर्बत्र बिरोध भएको थियो । लोडर बनाएर नगरभित्रका सार्वजनिक काम गर्नुपर्नेमा एक महिना पहिला बिग्रेको लोडर कवाडमा बेच्नका लागि एकजना कार्यपालिका सदस्य लागि परेको समाचारस्रोतले बताएको छ । नगरपालिको सम्पती बनाएर प्रयोगमा ल्याउनुको साटो जनप्रतिनिधिहरु भाडाको सवारी साधन प्रयोग गर्नका लागि आफ्नै सम्पती नबनाएको स्थानीयले बताउदै आएका छन् । बिगत एक महिना पहिला बिग्रेको ब्याकु लोडर अहिले सम्म बनाउने छांटकाट छैन । नगरपालिका कार्यालयको अगाडी राखिएको लोडर बनाउने तर्फ कसैले ध्यान नदिएको स्थानीयको भनाइ रहेको छ । नगरपालिकाले किनेका सवारी साधान समेत यत्र तत्र राखिएको तर प्रयोगमा ल्याउने काम नभएको स्थानीय युवा भरत आर्चायले बताए ।