रुपेन्द्र पटेल ,२ मंसिर / स्थानीय तहको गठनसंगै बढदो सहरी करणका कारण जिल्लाका बिभिन्न ब्यापारीक बजारहरुमा यौन ब्यावसाय समेत फस्टाउदै जान थालेको छ । जिल्लाको गौर र चन्द्रनिगाहपुरका होटलमा मात्र यौन ब्यावसाय चल्ने गरेको हल्लासंगै पछिल्लो समय जिल्लाको मध्य भागमा पर्ने ब्यापारीक बजार गरुडामा रहेका होटलमा समेत यौन ब्यावसाय हुने गरेको पाइएको छ । गौर र चन्द्रनिगाहपुरमा रहेका केही होटल संचालकले गैरकानुनी तरिकाले यौन ब्यावसाय गराएको आरोपमा मुद्धा खेपी सकेको अवस्थामा पछिल्लो समय गरुडामा खुलेका होटलहरुले समेत यौन ब्यावसायलाई बढावा दिएको पाइएको छ । जिल्लाको मध्य भागमा रहेको मुख्य ब्यापारीक केन्द्र गरुडा स्थित एक होटेलमा प्रहरीले छापामारी गर्दा दुईजना युवती सहीत ७ जना पक्राउ परेका छ । बिषेश सुचनाको आधारमा प्रहरीले गरुडामा रहेको होटेल खुसीमा छापामारी गर्दा संबेदनसिल अवस्थामा रहेकी दुईजना केटी र चारजना केटालाई पक्राउ गरेको हो । शनिवार सांझ ५ बजे ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक रिपेन्द्र शिंहको कमाण्डमा गएको टोलीले होटेल खुसीमा छापामारी गर्दा अर्धनग्न दुई केटीका साथै त्यसै अवस्थामा पांचजना केटा पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा बौधीमाई नगरपालिका– ५ का चन्द्रिका साह,वडा ३ का बिनोद ठाकुर लोहार,राधेश्याम प्रसाद कुश्वाहा,गरुडा नपा जिंगडिया टोलका शेख साजीद आलम र हाटेल सञ्चालक गरुडा ५ महमदपुरका बिन्दा साहका छोरा शिवप्रसाद साह रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिएका छन । त्यस्रगरी पक्राउपर्ने यौन ब्यवशायमा संलग्न केटीहरु सर्लाहीका मधेसीमुलकी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ युवा र युवती ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको तथा घटना बारे थप अनुसंधान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गरुडा सञ्चालित अधिकांश होटेलमा यौन ब्यावसाय गर्ने गरेको स्थानीयले बताएकाछन । यता ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर अगाडीनै रहेको एक होटलले लामो समय देखी यौन ब्यावसाय गराउदै आएको स्थानीयले बताएका छन् । बढ्दो सहरी करण र जनघनत्वका कारण देशका बिभिन्न स्थानबाट यौन ब्यावसाय गर्नका लागि युवतीहरु चन्द्रनिगाहपुर आउने गरेका छन् । प्रहरीले चन्द्रनिगाहपुरका साना होटलमा छापामारी गर्न थालेपछि चन्द्रनिगाहपुरमै डेरा लिएर र ठुला नाम चलेका होटलमा उनीहरुले ग्राहक बोलाएर यौन धन्दा चलाउने गरेको समाचारस्रोतले बताएको छ ।
चन्द्रनिगाहपुर बजारमा भने दर्जनको हाराहारीमा सर्लाही तथा रौतहट जिल्लाका मधेसी मुलका महिलाहरुले ग्राहक खोजेर रुममै लगेर धन्दा चलाउने गरेको जानकारहरुको भनाइ रहेको छ । केही महिलाहरुले मोलमोलाई गरेर टेम्पु रिजर्व गरेर जंगलमा गएर समेत यौन कारोवार गर्ने गरेको पाईन्छ । बढ्दो सहरी करणसंगै जिल्लाभर खेलेका होटलमा पछिल्लो समय यौन ब्यावसाय हुने गरेको पाईन्छ ।