अशोक पहाडी / चन्द्रपुर,४ मंसिर /चन्द्रपुर नगरपालिकाको वडानं ४ स्थित मुख्य चोकमा सडक पेटी अक्रिमणसंगै अव सडकनै अतिक्रमण हुन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर ,सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर र चन्द्रपुर नगरपालिकाको कार्यालयले ध्यान नदिएका कारण अव फुटपाथ ब्यापारीले पुर्व पश्चिम राजमार्गमै ठेला लगाएर ब्यापार गर्न थालेका छन ् । सवारी गुडने पुर्व पश्चिम राजमार्गमै ठेला लगाएर ब्यापार गर्दा सवारी दुर्घटनाको खतरा समेत बढदै जादा समेत समबन्धीत निकाय कानमा तेल हालेर बसेको स्थानीय ब्यापारी राजेन्द्र तिवारीले बताए ।
चन्द्रपुर नगरपालिकाको कार्यालयले समेत यस्तो संबेदनशिल बिषयमा चासो नदिएका कारण मान्छे हिडने सडक पेटीसंगै अव राजमार्गनै अतिक्रमण हुन थालेको स्थानीयको भनाइ रहेको छ ।
चन्द्रनिगाहपुरको मुख्य चोकको मान्छे हिडने सडक पेटी अतिक्रमण भएका कारण पैदलयात्रुहरु राजमार्गबाटै हिड्न बाध्य भएका बेला अव राजमार्गमै ठेला लगाएर ब्यापार हुन थालेका कारण जोखिम झन बढदै जान थालेको अर्का ब्यापारी प्रलाद गौतमले बताए ।
राजमार्गमै ठेला लगाएर ब्यापार गर्दा र पैदल यात्रु हिडने सडक पेटी अतिक्रण गरेर ब्यापार ब्यावसाय चलाउदा समेत जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर मौन बसेको स्थानीयको भनाइ रहेको छ ।
चन्द्रपुर नगरपालिकामा जन निर्वाचित जनप्रतिनिधिहरुको ध्यान विकास बजेट तीर भएका कारण यस्ता सानातिना कुरामा ध्यान नदिएका होलान ,स्थानीय युवा भरत आचार्यको भनाइ रहेको छ ।
समान्य सवारी साधनको ब्रक फेल भएकोे खण्डमा राजमार्ग पसल राख्ने र त्यहां किनमेल गर्न आउनेको ज्यानै जाने जस्तो बिषयमा समेत सम्बन्धीत निकायले कानमा तेल हालेर बस्न राम्रो नभएको युवा समाजसेवी विनोद घिमिरेको भनाइ रहेको छ ।