अशोक पहाडी
चन्द्रपुर,६ मंसिर । जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा एक बालिका आफ्नै दाजु पर्नेबाट बलात्कृत भएकी छिन् ।
फतुवा विजयपुर नगरपालिका वाडनं १ का जयराम दासको २५ बर्षीय छोरा अर्जुन दासले आफ्नै काकाकी १३ बर्षकी छोरीलाइ बिहिबार सांझ घर नजिकैको उखुबारीमा लगेर बलात्कार गरेको स्थानीयले बताए । बलात्कार गर्ने अर्जुन दास फरार रहेको र पिडित बालिकालाई चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा स्वास्थ्य परिण गरिएको ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तीयाका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले बताए । सो बिषयमा थप अनुसन्धान भईरहेको उनले बताए ।