गरुडा,९ मंसिर / ४२ करोड रुपैयांको खोजीगर्दै रौतहटका किसानहरु शिंह दरबारमा भौंतारी रहेका छन । बर्षौदेखीको बक्यौता रकम श्रीराम सुगर मिल्स गरुडाले तिर्ने चासो न देखिएपछी उखु उत्पादक किसानहरु शिहदरबार भँैतारिन बाध्य भएका हुन । एकसाताको काठमाण्डौ बसाई पछी बल्ल साईत जुर्यो उधोग राज्यमन्त्री मोतिलाल दुगडसंग किसानहरु भँेटेका हुन् । संघिय सांसद रेखा झाको अगुआईमा उखु उत्पादक किशान संघ रौतहटसंग आवद्ध किसानहरु शिंहदरबार छिरेर राज्यमन्त्री दुगडलाई भेटेर किशानको पिडा सुनाएका थिए । भेँटमा राज्यमन्त्री दुगडले जुनहालतमा भएपनी किसानले पाउने रकम श्रीराम सुगर मिल्स अथवा उधोगीसंग दिलाउने प्रतिवद्धता जनाएको सांसद झाले बताईन । त्यतीमात्र नभई यो सिजनमा जिल्लाका किसानले उत्पादन गरेको २० लाख कुईन्टल भन्दा बढी उखु चिनि उत्पादक उधोगीले लिनैपर्ने समेत राज्यमन्त्री दुगडले प्रतिवद्धता जनाएको संघिय सांसद रेखा झाले जानकारी दिईन । रौतहटको एकमात्र ठुलो उधोगको रुपमारहेको गरुडा स्थित श्रीराम सुगर मिल्सले दिपावली र छठपर्वमा पनी उखु बापतको भुक्तानी न दिएको कारण किसानहरु रकमको खोजीगर्दै शिंहदरबार सम्म पुगेका हुन । श्रीराम सुगर मिल्सका सञ्चालक द्धय हृतेश गोल्छा र विशाल अग्रवाल गत आर्थिकबर्षमा किसानसंग लिएको उखुको चिनि बनाएर करोडौंको बिक्री गरीसकेको छ । तर किसानलाई भने भुक्तानी दिएको छैन । त्यतीमात्र नभई उधोगीले गतबर्ष मिल बाट बिउ बितरण गरी उखु खेती गराई किसानले लगाएको उखुको सर्वे समेत गराएका थिए । तर यसपटक मिल सञ्चालन नगर्ने पक्षमा देखिएपछी किसानहरुले उब्जाएको २० लाख कुईन्टल भन्दा बढी उखु खेरजाने आशंकामा थप चिन्तित बनेका छन । आर्थिकबर्ष २०७५ र ०७६ मा मिलले किसानसंग लिएको उखुको एकलाख दुईहजार आठसय २३ कुईन्टल चिनी उत्पादन गरी कुल ६४ करोड,७७ लाख,८४ हजार नौसय रुपैयाको बिक्री गरेको थियो । तर किसानलाई मात्र ३३ करोड ,७७ लाख,७३ हजार,तिनसय ५८ रुपैया भुक्तानी गरेको उखु उत्पादक किसानसंघ रौतहटका कोषाध्यक्ष मनोज कुमार सहनीले बताएका छन । किसानको गतबर्षको बक्यौता ३० करोड, २४ लाख, २२ हजार, पा“चसय ४९ रुपैया रहेको छ र आर्थिकबर्ष २०७१ र ०७२ को १२ करोड गरी मिलले तिर्नुपर्ने कोषाध्यक्ष सहनीले जनाएका छन । किसानसंग र उधोगी बिच छलफलमा बक्यौता ठुलो रकम भएकाले तत्काल भुक्तानी गर्न नसक्ने र मिलका केही कर्मचारीलाई अवकास दिने भन्दै मिल सञ्चालन नगर्ने उधोगी हृतेश गोल्छाले संकेत गरेपछी उखु उत्पादक किसान संघका पदाधिकारीहरु काठमाण्डौ पुगेका हुन् । किशानहरुले उधोग राज्यमन्त्री मोतीलाल दुगडलाई उखुको भुक्तानी र यसपटक किशानले उत्पादन गरेको उखुलिन ध्यानाकर्षणको लागी ज्ञापनपत्र समेत दिएका छन । रौतहटको ठुलो समस्या समाधानका लागी समयमै राज्यले ठोस पहल नगरेमा केहीदिन भित्रै जिल्लामा उधोगी र सरकार बिरुद्ध कडा संघर्ष गर्ने किशानसंघका सदस्य बच्चालाल यादवले बताएका छन । श्रीराम सुगर मिल्स गरुडा एवं चिनी उत्पादक उधोगीले पछिलो एकदशक देखी यस्तै बदमासी गर्दैआएका छन । एकपटक लिएको उखुको बर्षौसम्म भुक्तानी न दिनेगरेकाले हजारौं उखु उत्पादक किसान कठिनाईमा पर्दै आएका छन । ६७ प्रतिशत खेती किसानीमा आश्रीत मुलुकमा राज्यलेनै किसानको समस्यालाई बेवास्ता गर्दैआएको आरोप लाग्दै आएको छ ।