चन्द्रपुर,१० मंसिर / स्वतन्त्र बिद्यार्थी युनियन जन ज्योति बहुमुखि क्याम्पसले सहमति र सहकार्यमा काम नभएको भन्दै आपत्ति जनाएको छ । यस अघि सहमति र सहकार्य अनुसारनै कार्य हुदै आएकोमा अहिले नया संचालक समितिले वेवास्ता गरी कार्य सम्पादन गरिएमा स्वतन्त्र बिद्यार्थी युनियन जनज्योति बहुमुखि क्याम्पसले असन्तुष्टि व्यतm गरेको छ । स्वतन्त्र बिद्यार्थी युनियनलाई समेत बेवास्ता गरी बहुमतको दम्भले सहमति तथा सहकार्य बिना नै अघि बढेको र कार्य सम्पादन गरिएकोमा आपत्ति रहेको स्वतन्त्र बिद्यार्थी युनियन जनज्योति बहुमुखि क्याम्पसका स्ववियु सभापति संगम श्रेष्ठले बताए । यस बिषयमा ध्यानाकर्षणका लागि सोमबार बिहान क्याम्पस व्यवस्थापन समिति समक्ष ध्यानाकर्षण पत्र बुुझाएको छ । क्याम्पस व्यवस्थापन समितिका सदस्य सचिव तथा क्याम्पस प्रमुख बलराम प्रसाद गौतम र सेवा समितिका संयोजक तथा क्याम्पस व्यवस्थापन समितिका सदस्य बालकृष्ण श्रेष्ठलाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएको हो । क्याम्पसका नया“ समितिले सहमति तथा सहकार्य बिना गरेका सम्पुर्ण कार्यहरु तुरुन्तै सच्याउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको स्वतन्त्र बिद्यार्थी युनियन जनज्योति बहुमुखि क्याम्पसका स्ववियु सभापति संगम श्रेष्ठले बताए ।यदि नसच्याएमा क्याम्पसमा हुने घटनाको जिम्मेबारी क्याम्पस व्यवस्थापन समिति नै हुने उनले बताए । राजनितिक कारणले जन ज्योति बहुमुखि क्याम्पसमा लापरवाही नगर्न ध्यानाकर्षण पत्र मार्फत सम्पुर्ण नयँ व्यवस्थापन समितिलाई आग्रह गरिएको स्ववियुका सभापति श्रेष्ठको भनाई छ । स्वतन्त्र बिद्यार्थी युनियनले बुझाएको ध्यानकर्षण पत्रका बारेमा गम्भिर रुपमा लिएको जन ज्योति बहुमुखि क्याम्पस व्यवस्थापन समितिले जनाएको छ । जनज्योती बहुमुखी क्याम्पसमा पहिलो पटक ब्यावस्थापन समिति एक पक्षिय रुपमा निर्वाचन भएपछि नेपाल विद्यार्थी संघको नेतृत्वमा रहेको स्वतन्त्र बिद्यार्थी युनियनले बिरोध जनाएको हो । ब्यावस्थापन समितिले भने आफुहरुले कसैलाई काखापाखा नगरी क्याम्पसको स्तर उन्नतीमा लागेको ब्यावस्थापन समिति सदस्य बालकृष्ण श्रेष्ठले बताए ।