एजेन्सी – बिश्वमा धेरै अनौठा देशहरु छन् । सबै देशको नियम कानुुन पनि फरक – फरक हुने गर्छ । त्यस्तै चीन सरकारले ब्यस्त मानिसहरुका लागी एक अनौठो सुबिधा ल्याएको छ । त्यहाको सरकारले मानिसहरुको व्यस्ततालाई ध्यानमा राखि भाडामा गर्लफ्रेन्ड पाईने सुबिधा ल्याएको छ । भाडामा गर्लफ्रेन्ड पाईने एपलाई मान्यता दिएको यो कुराले सबै अचम्ममा परेका छन् । उक्त एपको नाम हायर मि प्लीज रहेको छ । यसै एप मार्फत मानिसहरुले गर्लफ्रेन्ड अथवा ब्यायफ्रेन्ड भाडामा लिन सक्ने जनाइएको छ । यो एप मार्फत एक दिनको लागी गर्लफ्रेन्ड अथवा ब्यायफ्रेन्ड भाडामा लान सकिन्छ । यो एपमा एक युआन देखि दुई हजार युआन सम्म रहेको छ । यस एपले धेरै नै ब्यापार गरेको सबेत जनाइएको छ । यदि भाडामा गर्लफ्रेन्ड लगेपछी अनुमतिविना गर्लफ्रेन्ड छुन भने पाईदैन । ती भाडाका गर्लफ्रेण्डलाई आफूसंगै लिएर सपिङ गराउने र नजिकैका मल तथा स्टोरहरुमा घुमाउन पनि सकिन्छ ।