गरुडा,१३ मंसिर / समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष एवम प्रदेश नं. २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव भरतपुर अस्पतालमा उपचार गराईरहेका आफना पार्टीका एक नेतासंग अस्पतालमै गएर भेटेका छन ।
ब्रेन हयाम्रेज भएर चितवनको भरतपुर स्थित मेडिकल कालेजमा उपचार गराईरहेका रौतहट सिर्सिया निवासी समाजवादी पार्टीका नेता शंकर चौधरी कलवारको श्रीमतिको स्वास्थ्य अवस्था बुझन राज्य मन्त्री यादव अस्पतालमै पुगेका छन ।
अस्पताल पुगेका कृषि राज्य मन्त्री योगेन्द्र यादव उपचारार्थ नेता चौधरीका श्रीमतिको स्वास्थ्यप्रति निकै चासो राख्नुभएको छ । उपचारमा संलग्न चिकित्सकहरुले चौधरीको श्रीमतिको ब्रेन हयाम्रेज भएको र विस्तारै सुधार हुंदै गएको हुंदा आतिनुपर्ने अवस्था नरहेको जानकारी गराएपछि मन्त्री योगेन्द्र यादव बिहीबार जनकपुर फर्किसकेको उनका विकास प्रतिनिधि राम नरेश यादवले जानकारी दिएका छन ।
समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं प्रदेश सांसद समेत रहेका कृषि राज्य मन्त्री यादवले सधै यस्तै आफना नेता कार्यकर्ता र जनताको सुख दुख तथा आफत विपतमा साथ दिदै आएका छन ।
मन्त्री पदमा बहाली भएपनि सामान्य व्यक्ति जस्तै नै मन्त्री यादव आफना नेता कार्यकर्ताहरुसँग सधै भेटघाट गर्नुका साथै उनिहरुको सुख दुखमा पनि साथ दिदै आएका छन ।
अरु नेताहरु ठुल ठुला कुरा गरेर मत लिएर विजयी भएपछि मतदाताको घरदैलोमा कहिलै पनि नपुग्ने नेताभन्दा फरक विचार र स्वभाव भएका कृषि राज्य मन्त्री यादवले जनताको समस्या पर्ने वितिकै खुरुक जहा जति व्यस्त भएपनि समयको व्यवस्थापन गरेर तुरुन्त जनताकाहा पुग्ने गर्दछन । अरु नेता जस्तो आफु घमण्डी नरहेको भन्दै नेता यादवले जनताको साथ दिन र समस्या समाधान गर्न आफु कुनै कसर बाँकी नराख्ने बताएका छन । रौतहट राज्यमन्त्रीको पदमा बहाली भए पनि उनी जिल्लाका समान्य व्यक्ति तथा आफना नेता एवम कार्यकर्ताहरुसंग निरन्तर भेटघाटमा रहने गरेका छन् ।