काठमाण्डौ,१३ मंसिर । अन्तराष्ट्रिय विमास्थलबाट आठ किलो अवैध सुनसहित दुई चिनियँ नागरिक पक्राउ परेका छन् ।
हङकङबाट नेपाल एयरलायन्सको विमानमा नेपाल आएका उनीहरु बिहीबार राति ११ः४० बजे विमानस्थल भन्सारमा नियमित जाच गर्ने क्रममा समातिएका हुन् ।
दुई जनाले चाररचार किलो सुन लिएर आएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत एवं प्रवक्ता राजकुमार अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार दुवैजनाले चेन लगाउन मिल्ने अण्डरवेयरमा चाररचार वटा सुनको बिस्कुट लुकाएर ल्याएका थिए । पक्राउ पर्नेमा चिनियाँ नागरिक चेन होङयाङ र चेन क्वीनहाङ रहेका छन् ।